मन्त्री पीयूष हजारिकाले असमवासीहरूलाई ‘रै रै बिनाले’ फिल्म हेर्ने अपील गरे
मन्त्री पीयूष हजारिकाले असमवासीहरूलाई ‘रै रै बिनाले’ फिल्म हेर्ने अपील गरे


बिश्वनाथ (असम), 30 अक्टोबर (हि.स.)। असमका जल संसाधन मन्त्री पीयूष हज़ारिकाले बिहिवार गहपुरको भ्रमण गरे। मन्त्रीले ऐतिहासिक भोलागुड़ी चिया बगानमा निर्माणाधिन कनकलता राज्य विश्वविद्यालयको जायजा लिए। उनले मानिसहरूसित प्रसिद्ध गायक जुबिन गर्गको नयाँ फिल्म ‘रै रै बिनाले’ हेर्ने अपील गरे।

मन्त्री हज़ारिकाले निर्माण स्थलमा कार्य प्रगतिको समीक्षा गरे अनि चिया जनजाति संगठनका प्रतिनिधिहरूसित चर्चा गरे। यस अवधि उनले असमका प्रसिद्ध गायक जुबिन गर्गलाई पछिल्लो 30 वर्षमा राज्यको एक महत्वपूर्ण सांस्कृतिक व्यक्तित्व बताए अनि सबै मानिसहरूलाई उनको नयाँ फिल्म ‘रै रै बिनाले’ हेर्ने अपील गरे।

उल्लेखनीय छ, निर्माणाधिन कनकलता राज्य विश्वविद्यालय अत्याधुनिक औ देशकै अग्रणी आधुनिक संस्थानहरूमध्ये एक बन्ने दाबी गरिँदैछ। यसको उद्घाटन आगामी 8 नोभेम्बरमा केन्द्रिय वित्तमन्त्री निर्मला सीतारणले गर्नेछन्। यो विश्वविद्यालय 740 बिघा भूमिमा बनिएको छ जुन एक समयमा सांस्कृतिक प्रतीक ज्योति प्रसाद अग्रवालको कर्मभूमि रहेको थियो। पारम्परिक विषयहरूसँगसँगै आर्टिफ़िशियल इन्टेलिजेन्स, रोबोटिक सइन्स र 3-डी प्रिन्टिंग जस्ता आधुनिक विषय पनि पढ़ाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande