टीएमसीले लगायो मतदाता सूचीमा 'साइलेन्ट रिगिंग'- को आरोप
टीएमसीले लगायो मतदाता सूचीमा 'साइलेन्ट रिगिंग'- को आरोप


कोलकाता, 30 अक्टोबर (हि.स.)। तृणमूल कंग्रेस (टीएमसी)-ले बिहीवार भाजपा तथा चुनाउ आयोगमाथि मतदाता सूचीमा व्यापक गड़बड़ी गरेको आरोप लगाउँदै दाबी गऱ्यो, राज्यमा विशेष गहन पुनरीक्षण (एसआईआर) अभ्यास अगावै मतदाताहरूको नामलाई सुनियोजित षड़यन्त्र अन्तर्गत मेटाइँदैछ।

पार्टीका प्रवक्ता औ राज्य महासचिव कुणाल घोषले प्रेस कन्फ्रेंसमा भने, टीएमसीले वर्ष 2002- को मतदाता सूची र हालैमा आयोगको वेबसाइटमा अपलोड गरिएको सूचीबीच “चकित पार्ने अन्तर” पाएको छ।

घोषल े भने, “यो साइलेन्ट रिगिंग हो। एक क्षेत्रमा 2002 वर्षको सूचीमा 717 मतदाता थिए भने अब केवल 140 देखिँदैछ। के यतिधेरै मतदाताहरूको एकैसाथ मृत्यु भयो् त? केही बूथहरूमा सयकड़ौं नाम कुनै आधिकारिक कारण बिनै हराएको छ।”

टीएमसी अनुसार अशोकनगर विधानभा क्षेत्रको हाबरा-2 ब्लक अन्तर्गत गुम-1 ग्राम पञ्चायतको बूथ संख्या- 159 मा अहिलेघरि चुनाउ आयोगको वेबसाइटमा शून्य पञ्जीकृत मतदाता देखाइँदैछ भने वर्ष 2002-को सूचीमा लगभग 900 नााम थियो। यसरी नै कुचबिहार जिल्लाका केही बूथहरूमा 400-900 सम्म मतदाताहरूको नाम हराएको छ।

घोषले आरोप लगाए, “यो असली मतदाताहरूलाई सूचीदेखि बाहिर गर्ने सुनियोजित षड़यन्त्र हो। षड़यन्त्र भाजपाको कार्यालयमा रचियो अनि चुनाउ आयोगको पोर्टलको माध्यमबाट लागू गरिँदैछ। नत्र भाजपा नेताहरूलाई पहिलाबाटै कसरी थाहा भयो कि लाखौं नाम हटाइनेछ?”

टीएमसीले चुनाउ आयोगसित यस कथित गड़बड़ीको जाँच गर्ने माग गर्दै यसलाई “लोकतान्त्रिक प्रक्रियासित खतरनाक छेड़छाड़” बताए। घोषले भने, “हामी एकजना पनि वैध मतदाताको नामलाई हटाउन दिनेछैनौं। पार्टीले बूथगत रूपमा प्रमाण जुटाइरहेको छ जसलाई आयोग समक्ष पेश गरिनेछ।”

प्रेस कन्फ्रेन्समा उपस्थित राज्य मन्त्री चन्द्रिमा भट्टचार्यले भनिन्, यो गड़बड़ी भाजपाको लागि नोक्सानदायी साबित भइरहेको छ। उनले भने, “धेरैवटा ठाउँमा भाजपा समर्थकहरूको नाम पनि सूचीबाट गायब रहेको भेटिएको छ जसबाट उनीहरूभित्र पनि असन्तोष फैलिएको छ।”

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande