
सिलगढ़ी, 30 अक्टोबर (हि. स.)। एनजेपी थानाको पुलिसले तस्करी हुन अगाव गाँजासितै दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूमा शम्भु दास र दीपु कुमार दास सामेल छन् भने दुवै कोलकाताका निवासी हुन्।
पुलिस सूत्र अनुसार बिहीवार साँझ दुईजना मानिसहरूले सिलगढ़ीको तीनबत्ती मोड़मा कोलकाता जानको लागि बसको प्रतिक्षा गरिरहेका थिए। यसै अवधि गुप्त सूचनाको आधारमा एनजेपी थानाको पुलिसले तीनबत्ती मोड़ संलग्न एक बस स्टपमा छापा मारेर दुवै संदिग्धलाई पक्राउ गऱ्यो। उनीहरूको ब्यागको जाँच गर्दा लगभग दश किलोग्राम गाँजा भेटियो। त्यसपछि दुवैलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला द र्ता गरी पक्राउ गरियो। पक्रा पर्ने दुवैलाई शुक्रवार जलपाईगुड़ी अदालतमा पेश गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा