
कोलकाता, 30 अक्टोबर (हि. स.)। उत्तर 24 परगना जिल्लाको पानीहाटीमा बिहीवार तृणमूल कंग्रेसले ती 57 वर्षीय व्यक्तिले गरेको आत्महत्यालाई लिएर विरोध ऱ्याली निकाल्यो जसले कथित रूपमा राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)और मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-को कारणले जन्माएको चिन्ताको कारणले ज्यान दिएका थिए।
मृतकको पहिचान प्रदीप करको रूपमा भएको छ जसलाई गत मंगलवार आफ्नो घरमा फाँसीमा झुण्डिरहेको अवस्थामा भेटिएको थियो। यो घटना त्यो घटना भएको एक दिनपछि प्रकाशमा आएको थियो जतिबेला चुनाउ आयोगले राज्यमा एसआईआर प्रक्रिया शुरू गर्ने की घोषणा गरेको थियो।
स्थानीय पुलिस अनुसार शवको छेउमा भेटिएको हस्तलिखित नोटमा प्रदीप करले व्यक्त गरेका थिए, अधुरो दस्तावेजको कारणले उनको नाम मतदाता सूचीबाट मेटिन सक्छ।
ऱ्यालीको नेतृत्व विधानसभामा तृणमूलका मुख्य सचेतक औ स्थानीय विधायक निर्मल घोषले गरेका थिए। यस अवधि पार्टी कार्यकर्ता तथा स्थानीय मानिसहरूले पानीहाटीको सड़कमा “प्रदीप करलाई न्याय देऊ” लेखिएको ब्यानर र करका तस्वीरहरूलाई लिएर मार्च गरिरहेका थिए।
प्रदर्शनकारीहरूले भाजपा अनि चुनाउ आयोगविरूद्ध नाराबाजी गरे साथै “मतदाता सत्यापनको नाममा आम नागरिकहरूमा भय फैलाएको” आरोप लगाए।
घोषले भने, प्रदीप करको मृत्यु एनआरसी र एसआईआरको डरको कारणले भएको हो। भाजपा अनि चुनाउ आयोगले जुन भय र भ्रमको परिवेश सृजना गरेको छ, त्यसैले यस निर्दोश व्यक्तिको ज्यान लिएको हो।
उनले अझ भने, केन्द्रिय गृहमन्त्री अमित शाह र मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारविरूद्ध प्राथमिकी दर्ता हुनुपर्छ। यी दुवै नै यस आतंकी परिवेशको निम्ति सोझै जिम्मेवार छन्। म उनीहरूलाई चुनौती दिन्छु कि उनीहरूले पनि आफ्नो त्यस्तै दस्तावेज देखाउन् जस्तो कि आम नागरिकहरूसित मागिँदैछ।
तृणमूल नेताको भनाइ छ, करको सुसाइड नोटमा नागरिकता साबित गर्ने चिन्ता अनि मतदाता सूचीबाट नाम मेटिने भय स्पष्ट रूपमा झल्किन्छ। एकजना वरिष्ठ पदाधिकारीले भने, “नोटमा उनले लेखेका छन्, कि अधुरो दस्तावेजको कारणले उनको अधिकार समाप्त हुनसक्छ। यसले सम्पूर्ण अभियानबाट सृजित असुरक्षाको माहोललाई दर्शाउँछ।” भाजपा र चुनाउ आयोगले भने अहिलेसम्म तृणमूलका आरोपहरूको कुनै प्रतिक्रिया दिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा