संदिग्ध 28.99 ग्राम हेरोइनसहित एक व्यक्ति पक्राउ
arrest


गान्तोक, 30 अक्टोबर (हि.स.)। जोरथाङ पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम नीरज माझी बताइएको छ। 25 वर्षीय आरोपी व्यक्ति माझीगाउॅं निवासी हुन्।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, बुधवार अबेर राति रङ्गीत नदी भएर सम्भावित प्रतिबन्धित नशालु पदार्थ ल्याइएको सूचना पाउनसाथ पुलिसकर्मीहरू घटनास्थल पुगे। घटनास्थलमा पुग्दा पुलिसकर्मीहरूले नीरज माझी नामक युवक भेटे र उसलाई आफ्नो अधीनमा लिए। यसपछि, कानुन अनुरुप गरिएको युवकको शरीर जॉंचको क्रममा 28.99 ग्राम संदिग्ध हेरोइन लगायत 19 वटा खुल्ला प्रोक्सिमेक स्पास् क्याप्सुल र 33 वटा एन-10 ट्याबलेट जफत गरियो।

पुलिसले आरोपी व्यक्ति विरुद्ध एनडीपीएस एक्ट, 1985 र साडा एक्ट, 2006 अन्तर्गत मामिला दर्ता गरेर कानूनी कारबाहीलाई अगाडि बढाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande