
जबलपुर, 30 अक्टोबर (हि.स.)। मध्य प्रदेशको जबलपुर जिल्लाको कचनार क्लब क्षेत्रमा राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय कार्यकारी मण्डलको तीन दिवसीय बैठकको आज बिहिवार शुभारम्भ भयो। सरसंघचालक डा. मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होसबालेले भारत माताको प्रतिमामा पुष्प अर्पन गरी बैठकको शुभारम्भ गरे। संघका अखिल भारतीय सह प्रचार प्रमुख नरेन्द्र कुमार ठाकुरले मीडियालाई बताए, बैठकको शुभारम्भपछि ती सबै प्रमुख सामाजिक एवं राजनीतिक विभूतिहरूलाई श्रद्धाञ्जलि अर्पित गरियो, जसको हालमा निधन भएको छ। यसमा प्रमुख रूपमा राष्ट्र सेविका समितिकी पूर्व प्रमुख संचालिका प्रमिला ताई, वरिष्ठ प्रचारक मधुभाई कुलकर्णी, गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी, झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेन, भाजपाका वरिष्ठ नेता विजय कुमार मल्होत्रा, पूर्व राज्यपाल एल गणेशन, गीतकार पीयूष पाण्डेय, फ़िल्म अभिनेता सतीश शाह, पंकज धीर, हास्य अभिनेता असरानी, असमका प्रसिद्ध संगीतज्ञ जुबिन गर्गलाई याद गरियो।उनले बताए, तीन दिवसीय यस बैठकमा संघका सबै छह सह सरकार्यवाह, अखिल भारतीय कार्यकारिणीका सदस्य, सबै 11 क्षेत्रहरू र 46 प्रान्तहरूका संघचालक, कार्यवाह, प्रचारक एवं अन्य पदाधिकारी सहित कूल 407 कार्यकर्ताहरूले भाग लिइरहेका छन्। बैठकमा शनिवारसम्म सामाजिक समरसता र संगठन विस्तारका साथै राष्ट्रिय हितसित जोड़िएका विषयहरूमाथि विस्तृत विचार-विमर्श गरियो। बैठकको शुरूआतमा पहलगाममा मारिएका पर्यटकहरू, एयर इण्डिया दुर्घटना, हिमाचल प्रदेश, जम्मू कश्मीर, उत्तराखण्ड, पञ्जाब सहित देशका अन्य भागहरूमा प्राकृतिक आपदामा मारिएका मानिसहरूप्रति पनि श्रद्धासुमन अर्पिभत गरियो। यसपछि बैठकमा पंच परिवर्तनका साथ धेरै महत्वपूर्ण विषयहरूमाथि चर्चा एवं विमर्श आरम्भ गरिएको छ। यहाँ देशका विभिन्न भागहरूमा आएका प्राकृतिक आपदाहरूमा समाजको सहयोगले स्वयंसेवकहरूद्वारा गरिएको सेवा कार्यहरूको पनि जानकारी दिइयो। बैठकमा श्री गुरु तेग बहादुरको 350औं बलिदान, बिरसा मुन्डाको 150औं जयन्ती र 'वन्देमातरम' रचनाको 150 वर्ष पूरा हुँदा वक्तव्य जारी गरिनेछ तथा कार्यक्रमहरूको चर्चा पनि हुनेछ। संघको शताब्दी वर्षमा हुने गृह सम्पर्क अभियान, हिन्दू सम्मेलन, सद्भाव बैठक, प्रमुख जनसंगोष्ठीको तयारीमाथि पनि छलफल हुनेछ। साथै विजयादशमी उत्सवहरूको समीक्षा हुनेछ तथा वर्तमान परिस्थितिमाथि पनि चर्चा गरिनेछ।उल्लेख्य, यहाँ व्यापक जनसम्पर्क अभियान अन्तर्गत समाजको हरेक वर्गसम्म संघका विचारहरू र रचनात्मक कार्यहरूलाई पुऱ्याउन एक विशाल जनसम्पर्क अभियानको रूपरेखा तयार गरिँदैछ। यसमा युवाहरू र महिलाहरूलाई जोड्ने रणनीतिमाथि विशेष बल दिइनेछ। यस बाहेक सामाजिक समरसतालाई लिएर विभिन्न सामाजिक चुनौतीहरू र समरसता बनाएर राख्ने प्रयासहरूमाथि चर्चा हुनेछ। बैठकमा देशको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिहरूमाथि मन्थन गरिनेछ। उल्लेख्य, अखिल भारतीय कार्यकारी मण्डल राष्ट्रिय स्वयंसेवक संघको गतिविधिहरूको संचालन र नीतिहरूको निर्धारणमा महत्वपूर्ण भूमिका निभाउँदछ। यो बैठक हरेक साल दिवाली पर्वतिर हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी