एसडीएफले नाम्ची जिल्लामा आफ्नो उपस्थिति र पहुॅंचलाई पुनर्जीवित गर्ने
एसडीएफले नाम्ची जिल्लामा आफ्नो उपस्थिति र पहुॅंचलाई पुनर्जीवित गर्ने


गान्तोक, 30 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नाम्ची जिल्लास्तरीय बैठक आज नाम्चीस्थित घुर्पिसेमा सम्पन्न भयो। एसडीएफ अध्यक्ष पवन चामलिङको अध्यक्षतामा बसेको बैठकमा पार्टीका प्रमुख पदाधिकारीहरू सहभागी बने। बैठकमा नाम्ची जिल्लामा एसडीएफको उपस्थिति र पहुँचलाई पुनर्जीवित गर्ने उद्देश्यले तृणमूल स्तरमा पार्टीको संगठनात्मक संरचनालाई सुदृढ र विस्तार गर्ने रणनीतिहरूमा छलफल भएको प्रचार-प्रसार महासचिव उर्वशी खालिङ राईले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।

बैठकमा वक्ताहरूले आफ्नो अन्तर्दृष्टि साझा गर्दै नाम्ची जिल्लामा पार्टी संगठनलाई सुदृढ पार्ने तथा पार्टीको दृष्टिकोण, नीति र कार्यक्रमहरू सिक्किमका जनतासमक्ष पुर्‍याउने सामूहिक प्रतिबद्धतालाई पुन: पुष्टि गरे। यसैगरी, बैठकमा जिल्लास्तरीय संगठनात्मक ढाँचालाई सुदृढ बनाउन पार्टी सदस्यहरूलाई नयाँ जिम्मेवारीहरू सुम्पिएको बताइएको छ।

जानकारी अनुसार, निर्मल प्रधानलाई नाम्ची जिल्ला संगठन प्रभारी, बिनोद राईलाई कोषाध्यक्ष, सारिका शेर्पालाई उप कोषाध्यक्ष, बिकास राईलाई नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्र समन्वयक प्रभारी, जेम्स राईलाई पोकलोक-कामराङ निर्वाचन क्षेत्र समन्वयक प्रभारी र बिनोद जोगीलाई फण्टल अर्गनाइजेशन सचिव नियुक्त गरिएको छ।

एसडीएफ पार्टीले सिक्किमका जनताको सेवा गर्ने आफ्नो लक्ष्यलाई नयाँ ऊर्जा र उद्देश्यका साथ निरन्तरता दिने र तृणमूल स्तरको संलग्नतालाई तीव्र पार्ने आफ्नो संकल्पलाई पुन: पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande