
सिलगढ़ी, 30 अक्टोबर (हि.स.)। राजस्व गुप्तचर निदेशालय (डीआरआई)-ले पश्चिम बंगालको कुचबिहारमा एकजना तस्करलाई पक्राउ गरी सुन तस्करी गर्ने ठूलो प्रयासलाई असफल बनाइदिएको छ। आरोपीबाट 96 लाख 26 हजार रुपियाँको सुनको बिस्कुट जफत गरिएको छ। अधिकारीहरूले बताए, आरोपीको नाम मुजफ्फर हुसैन हो।
डीआरआई अधिवक्ता रतन बनिकले बिहीवार बताए, गुप्तचर एजेन्सीलाई विश्वसनीय सूत्रबाट सूचना प्राप्त भएको थियो कि कुचबिहार जिल्लाको दिनहाटामा सुन तस्करी गरी ल्याइएको छ जसलाई उत्तर बंगालको सिलगढ़ी र जलपाईगुड़मा सप्लाई गरिनेछ। सूचना पाएर सिलगढ़ी डीआरआई अधिकारीहरूको एक टीमले गए बुधवार कुचबिहारको सागरदिघी ब्रिज क्षेत्रमा अभियान संचालन गरी बाइक चालक मुजफ्फर हुसैनलाई समात्यो।
त्यसपछि जाँचबुझको लागि सिलगढ़ीस्थित डीआरआई शाखामा ल्याइयो जहाँ उसको जाँच गर्दा छःवटा सुनको बिस्कुट भेटियो जसको वजन रहेको छ 812 ग्राम अनि अनुमानित बजार मूल्य रहेको छ 96 लाख 26 बजार रुपियाँ। आज तस्करलाी सिलगढ़ी अदालतमा पेश गरियो जहाँ सुनवाईपछि न्यायाधीशले जमानत दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा