
खरसाङ, 30 अक्टोबर (हि.स.)। पश्चिम बगांल सरकारको कृषि विभाग अन्तर्गत भूमि संरक्षण शाखा अनि हिल डेभलपमेन्ट दार्जिलिङ अनि खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको सहयोगमा सिटोङ तीन ग्राम पञ्चायतको रोलक लङ्कु कलस्टरका कृषकवर्गलाई आधुनिक ढाँचाको मौरीका डुँडहरु वितरण गरिएको छ।
यस क्षेत्रका 212 जना कृषकहरुलाई उक्त मौरीको डुँड बिहिबार कृषि विभागीय सह-निर्देशक पीएन बस्नेत साथै टोली लगायत सिटोङ तीन ग्राम पञ्चायतको उप प्रधान लाडुप लेप्चाको उपस्थितिमा ग्राम पञ्चायत कार्यालय परिसरमा वितरण गरिया।
यस अवसरमा यसपाली सरकारको प्रकल्प अनुसार यसरी यस क्षेत्रका कृषकवर्गलाई आरएडी- सीसी 2025-26 अन्तर्गत यस्ता विभिन्न सहुलियत र सहयोग प्रदान गरिएको सह निर्देशक पीएन बस्नेतले बताए। उनले आगामी दिनमा मौरी पालनसँग सम्बन्धित सर सामाग्रीहरु पनि प्रदान गरिने अनि मौरी पालन विषयमा तालिम पनि दिने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक