खरसाङ, 5 अक्टूबर (हि.स.)। रातभरि परेकाे पानीले खरसाङकाे विभित्र क्षेत्रमा पैह्रो गएको छ। विशेष गरी खरसाङको शेर्पा बस्ती, टेकवीर बस्ती वार्ड नम्बर 2, 3 अनि वार्ड नम्बर 7, वार्ड नम्बर 16, 17 र 20 मा पैह्रो गएको छ।
खरसाङ क्षेत्रको पैह्रो निरीक्षणमा बिहानदेखि नै क्षेत्रीय सभासद शेर्पा अनि डेपुटी म्याजिस्ट्रेट प्रसन्नजित चक्रवर्ती र सिँचाई विभागको एसएई सुनिता लामा आदिको एक टिमले गर्यो। यसरी नै अर्को टोलीमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधान, इञ्जिनियर सञ्जय थापा आदिको टिमले सबै पैह्रोकाे निरीक्षण गरेर तारपोलिन वितरण गरेका छन्।
वार्ड नम्बर 6 शेर्पा बस्तीमा गुम्बामाथि पैह्रोले गर्दा लमु शेर्पा र अन्यको घर खतरामा रहेको बताइएको छ। त्यसरी नै वार्ड नम्बर 2 टेकवीर बस्तीमा विपन राई, अन्जना तामाङ अनि उदय भित्रीकोटीकाे घरलाई पैह्रोले क्षति गरेको छ। त्यसरी नै वार्ड नम्बर 3 मा मधु मंग्रातीकाे घर छेउमा पैह्रो गएको छ भने वार्ड नम्बर 2 डाउहिल सुनौलो परिवार समाज भवनदेखि मुनितिर रहेको रिता राई र भरत छेत्रीकाे घर पैह्रोको एकदमै खतरामा रहेको छ।
खरसाङ नगरपालिका क्षेत्रको ठाउँ ठाउँमा बिजुलीका खम्बाहरु पनि लडेका छन् भने सभासद श्याम शेर्पाले विद्युत विभागको डिभिजनल म्यानेजरलाई यस विषयमा जानकारी गराएका छन्। यसरी नै
वार्ड नम्बर 16 मा देवाशिष जोशी र एल्जिन ब्राह्मणको वार्ड नम्बर 17 मा एण्ड्रु गुरुङको घर छेउमा पैह्रो गएको छ भने विभागद्वारा निरीक्षण गरेर तारपोलिन वितरण गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक