कटरा, 5 अक्टोबर (हि.स.)। श्री माता वैष्णो देवी विश्वविद्यालय (एसएमवीडीयू)- को एनएसएस एकाईले सेवा पर्व अभियान अन्तर्गत सरकारी हाई स्कूल, सिराह (ककरयाल, पंथल ब्लक)-मा कक्षा शिक्षणको लागि चार्ट वितरण गऱ्यो। यो चार्ट सामान्य शिक्षालाई प्रेरित गर्नको लागि साझा गरिएको हो। यसमा बुनियादी अवधारणा सामेल रहेको छ जसले स-साना नानीहरूलाई सिक्न सहज र अधिक मरोञ्जक बनाउनमा सहयोग पुऱ्याउनेछ।
स्वयंसेवकहरूले कक्षामा विद्यार्थीहरूको उत्कृष्ट शिक्षाको लागि केही कार्यशील मोडल पनि दान गरे। स्वयंसेवकहरूले एकल उपयोग प्लास्टिक तथा अपशिष्ट पृथक्कीकरण नियमहरूको हानिकारिक प्रभावमाथि विद्यार्थीहरूलाई जागरूक गराउनको लागि 'स्वच्छता नै सेवा'-को अंगको रूपमा एक नुक्कड़ नाटक (स्ट्रीट प्ले) पनि मञ्चन गरे। प्रदर्शनको उदेश्य स्ट्रीट थिएटरको माध्यमबाट विद्यार्थी तथा मानिसहरूबीच स्वच्छता एवं पर्यावरणीय जिम्मेवारीको बारेमा जागरूकता बढ़ाउनु थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा