राजगढ़, 5 अक्टोबर (हि.स.)। राजगढ़ जिल्लाको सुठालिया थाना क्षेत्रस्थित ग्राम पहाड़गढ़ कोटरामा आइतवार बिहान छतबाट झरेर 22 वर्षीय महिलाको मृत्यु भयो। पुलिसले पोस्टमर्टम गरेपछि शवलाई परिवारकहाँ सु्पिदियो अनि प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।
पुलिसबाट प्राप्त जानकारी अ्नुसार, ग्राम पहाड़गढ़ कोटरा निवासी 22 वर्षीय गायत्रीबाई पत्नी सन्दीप वर्मा छतबाट झरेर घाइते भइन् जसलाई अचेत अवस्थामा परिवारले अस्पतालमा पुऱ्यायो जहाँ उसको मृत्यु भयो। भनिन्छ, महिलाको स्वास्थ्य राम्रो थिएन। बिहान छतमा नुहाउन गएकी समय रिंगटा लागेर तिनी लड़िन्। महिलाको मृत्यु कुन अवस्थामा भएको हो त्यसको वास्तविकता पत्तो लगाउन सकेको छैन। पुलिसले रिपोर्ट दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा