- गत 2 अक्टोबरमा भएको थियो मृत्यु, तीन दिनपछि आइपुग्यो शव
हाथरस, 05 अक्टोबर (हि.स.)। मुरसान कस्बाको मढैया निवासी 48 वर्षीय चन्द्रपाल सिंहको गत 2 अक्टोबरमा नेपालमा संदिग्ध मृत्यु भयो। तीन दिनपछि शनिवार तिनको शवलाई घरमा ल्याइयो।
मृतकका भतिज भोले पुत्र जमुना प्रसादले बताए, उनको काका चन्द्रपाललाई गत 21 सेप्टेम्बरको दिन लगभग दशजना मानिसहरूले बलजफ्ती नेपालमा लिएर गएका थिए। भोलेको आरोप छ, 2 अक्टोबरको साँझ 5 बजे चन्द्रपाल सिंहको संदिग्ध परिस्थितिमा मृत्यु भयो, तर उनका साथीहरूले परिवारलाई घटनाको सूचना दिएनन्। जबकि अन्य कुनै माध्यमबाट राती 9 बजे घटनाको जानकारी परिवारलाई प्राप्त भएको थियो। चन्द्रपाल नेपालको देड़मधुरा जिल्लामा नवरात्रको मेलामा हलवाईको काम गर्न गएका थिए।
शनिवार राती शवलाई एम्बुलेन्सको माध्यमबाट नेपालदेखि मुरसान ल्याइएको थियो। परिवारको भनाइ छ, चन्द्रपाललाई लिएर गएका साथीहरूले नै तिनको हत्या गरेका हुन्। मुरसान कोतवाली प्रभारी ममता सिंहको भनाइ छ, मामिला नेपालको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा