विश्व हिन्दू रक्षा परिषदको जागो हिन्दू जागो ऱ्यालीलाई वाराणसी पुलिसले रोक्यो
विश्व हिन्दू रक्षा परिषदको जागो हिन्दू जागो ऱ्यालीलाई वाराणसी पुलिसले रोक्यो


वाराणसी, 05 अक्टोबर (हि. स.)। वाराणसीमेा लभ जिहाद, ल्याण्ड जिहाद र अवैध धर्मान्तरणमाथि जागरूकता ऱ्याली निकालिरहेका विश्व हिन्दू रक्षा परिषदका पदाधिकारीहरूलाई वारणसी पुलिसले रोक्यो। ‘जागो हिंदू जागो’ ऱ्यालीमा सयकड़ौं मोटर साइकल एकसाथ निक्लिने कार्यक्रम थियो, तर त्यसैबेला वारणसी पुलिसले शान्ति व्यवस्थालाई मध्यनजर गर्दै ऱ्यालीलाई अनुमति दिएन।

विश्व हिन्दू रक्षा परिषदका पदाधिकारीहरूले जागो हिन्दू जागो ऱ्यालीलाई रोकेकोमा प्रतिक्रिया व्यक्त गर्दै भने, वाराणसी सहित राज्यको हरेक जिल्लामा धर्मान्तरण, लभ जिहाद, ल्याण्ड जिहाद जस्ता मुद्दाहरूलाई लिएर ऱ्याली निकाल्ने तयारी थियो। वाराणसीमा पनि विभिन्न भागहरूमा ऱ्याली निकाल्नु थियो। ऱ्यालीको निम्ति सबै तयारीहरू भइसकेपछि पुलिस अधिकारीहरूले अनुमति दिन अस्वीकार गर्दै उनीहरूलाई रोके। यस सम्बन्धममा राष्ट्रिय अध्यक्ष गपाल रायलाई जानकारी दिइएको छ। हामी फेरि ऱ्याली निकाल्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande