नवा रायपुरमा अवैध निर्माणमाथि चल्यो प्रशासनको बुलडोजर
नवा रायपुरमा अवैध निर्माणमाथि चल्यो प्रशासनको बुलडोजर


रायपुर, 5 अक्टोबर (हि. स.)। कलेक्टर डा. गौरव सिंहको निर्देशमा नवा रायपुर अटल नगर विकास प्राधिकरण क्षेत्रमा अवैध विकास औ निर्माणविरूद्ध जिल्ला प्रशासनले कड़ा कारबाही गरेको छ।

ग्राम टेमरी र डूमरतराई थोक मार्केट संलग्न क्षेत्रमा अनुमति बिनै गरिरहेको भूमि विकास तथा सड़क निर्माणलाई आइतवार संयुक्त टीमले हटाइदियो।

यो कारबाही राजस्व विभाग, पुलिस विभाग, नगर तथा ग्राम निवेश विभाग, नगरनिगम रायपुर तथा नवा रायपुर अटल नगर विकाकस प्राधिकरणको संयुक्त टीमले गरेको हो।

प्राधिकरणलाई प.ह. नं. 78 को रख. नं. 168, 167, 162, 165, 177 एवं अन्य भागहरूमा अवैध विकास एवं निर्माण भइरहेको सिकायत प्राप्त भएको थियो।सिकायतको जाँचपछि सम्बन्धित भू-स्वामी, विकासकर्ता औ निर्माणकर्तालाई कारण बताऊ नोटिस जारी गरिएको थियो। निर्धारित समयमा वैध अनुमति सम्बन्धि दस्तावेज प्रस्तुत नगरिएपछि कलेक्टर डा. सिंहको निर्देशानुसार अवैध निर्माण हटाउने कारबाही गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande