असमका मुख्यमन्त्रीले बाढ़ी अनि पैह्रो प्रभावित सिक्किम, पश्चिम बंगालको लागि समर्थन व्यक्त गरे
असमका मुख्यमन्त्रीले बाढ़ी अनि पैह्रो प्रभावित सिक्किम, पश्चिम बंगालको लागि समर्थन व्यक्त गरे


गुवाहाटी (असम), 06 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सिक्किम, दार्जीलिङ र उत्तर बंगालका अन्य क्षेत्रहरूमा आएको भीषण बाढ़ी अनि पैह्रोले भएको जनहानि तथा व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले प्रभावित जनताप्रति असमको अटुट एकजुटता व्यक्त गर्दै भने, संकटको यस घड़ीमा असमको सरकार सिक्किम अनि उत्तर बंगालका मानिसहरूको साथमा काँधमा काँध मिलाएर बसेको छ। उनले भरोसा दिलाए, असम सरकार बचाउ अनि राहत कार्यमा आवश्यक सबै सहायता प्रदान गर्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ अनि प्रभावित क्षेत्रहरूमा चाँड़ोभन्दा चाँड़ो सामान्य स्थिति पर्किने कामना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande