आपदा प्रभावित उत्तर बंगाल पुगेका भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टचार्यले राज्य सरकारमाथि लक्षित गरे
आपदा प्रभावित उत्तर बंगाल पुगेका भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टचार्यले राज्य सरकारमाथि लक्षित गरे


सिलगढ़ी, 06 अक्टोबर (हि.स.)। आपदा प्रभावित उत्तर बंगालको दौड़ाहमा आएका भाजपा प्रदेश अध्यक्ष शमिक भट्टचार्यलेसोमवार राज्य सरकारमाथि हमला गरेका छन्।

कोलकातादेखि बागडोगरा हवाईअ्ड्डामा उत्रिएपछि शमिकले पत्रकारहरूसित बातचित गर्दै भने, राज्य सरकाकरले उत्तर बंगाललाई प्रयोग मात्र गरेको छ। सत्तासिन पार्टीका केही मानिसहरू अनि केही नेताहरू लुट्नका लागि उत्तर बंगालमा आुउँछन्। पत्तो लगाउनुहोस्, उत्तर बंगालका डुवर्समा कतिजना नेता तथा नौकरशाहहरूले जमीन मालिकको नाममा रेजिस्ट्री गरेर राखेका छन्। यो प्राकृतिक आपदा आज ढुङ्गा माफियो कारणले भएको हो। यो स्थिति नदीबाट ढुङ्गा-बालुवाको अवैध खनन तथा जंगलहरूको कटाईको कारणले भएको हो। पछिल्लो 14 वर्षदेखिको उत्तर बंगालमा लुटपाट मचिएको छ।

उनले यो पनि भने, यस प्राकृतिक आपदाको लागि राज्य सरकार दोषी छ। उनले भने, प्रधानमन्त्रीले उत्तर बंगालमाथि नजर राखिरहेका छन् साथै लगातार सोधिरहेका छन्। भाजपा अनि केन्द्र सरकार हरसम्भव असहाय मानिसहरूको साथमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande