दार्जिलिङ-सिलगढ़ी सड़क खोलियो, पहाड़हरूबाट फर्किन थाले पर्यटकहरू
दार्जिलिङ-सिलगढ़ी सड़क खोलियो, पहाड़हरूबाट फर्किन थाले पर्यटकहरू


सिलगढ़ी, 06 अक्टोबर (हि. स.)। लगातार वर्षा अनि पैह्रोले ध्वस्त उत्तर बंगालमा सोमवार केही राहत पाइएको छ। दार्जिलिङ अनि सिलगढ़ीबीच यातायात मार्गलाई अब खोलिएको छ त्यहाँ फसेका सयकड़ौं पर्यटकहरूले समतलतिर फर्किन शुरू गरेका छन्।

पछिल्लो केही दिनदेखिको भइरहेको अविरल वर्षाको कारणले उत्तर बंगालका अधिकांश क्षेत्र जलमग्न भएको थियो। विशेष गरी पूजाको मौसममा ठूलो संख्यामा दार्जिलिङ घुम्न गएका पर्यटकहरू पैह्रोको कारणले बाटो बन्द भएर फसेका थिए। गए आइतवारसम्म राष्ट्रिय राजमार्ग-10 पूर्ण रूपले बाधित थियो जसबाट दार्जिलिङ-सिलगढ़ीको सम्पर्क विच्छिन्न भएको थियो।

सोमवार मौसममा सुधार आएसँगसँगै सड़कलाई आंशिक रूपमा सफा गरिएको छ। अब दार्जीलिङ तिर जान सम्भव भएको छ।

प्रशासन अनुसार फसेका पर्यटकहरू अब सुरक्षित रूपमा समतल तिर फर्किरहेका छन्। यद्यपि टाइगर हिल र रक गार्डन जस्तो केही पर्यटन स्थलहरूमा अहिले पनि मानिसहरूलाई जाने अनुमति दिइएको छैन।

गत शनिवार साँझदेखि शुरू भएको मुसलधारे वर्षा आइतवारसम्म जारी रह्यो। दार्जिलिङमा 24 घण्टामा 261 मिलीलीटर वर्षा दर्ता गरियो। भारी वर्षाले मिरिक क्षेत्रमा सबैभन्दा अधिक नोक्सान भयो। केही घर अनि सड़कहरूलाई क्षति पुऱ्यायो।

उत्तर बंगालमा आएको यस प्राकृतिक आपदालाई लिएर राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गरेका छन्। मुख्यमन्त्री ममता ब्यनर्जीले लगातार स्थितिमाथि निगरानी गरिरहेकी छन्। आइतवार उनले पार्वतीय क्षेत्रको स्थितिलाई लिएर पाँच वटा जिल्लाका जिल्लाधिकारीहरूसित भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट बैठक गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande