लिभ इन रिलेशनमा बस्दै आएका युवकद्वारा आत्महत्या
लिभ इन रिलेशनमा बस्दै आएका युवकद्वारा आत्महत्या


पूर्वी सिंहभूम, 6 अक्टोबर (हि.स.)। मानगो थाना क्षेत्रको टिचर्स कलोनीमा सोमवार बिहान एकजना युवकले गलफन्दामा झुण्डिएर आत्महत्या गऱ्यो। मृतकको पहिचान 24 वर्षीय अभिषेक शर्माको रूपमा भएको छ जो पछिल्लो एक वर्षदेखिको एकजना विवाहित महिलासित लिभ-इन रिलेशनशिपमा बस्दै आइरहेको थियो। महिलाका दुईजना नानीहरू छन् भने उसको पतिसित सम्बन्ध विच्छेद भएको छ।

जानकारी अनुसार सोमवार बिहान अभिषेकको शवलाई उसको प्रेमिकाको घरमा गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। प्रेमिकाले यो दृश्य देखेपछि डराएर तत्काल परिवारलाई सूचना दिई। परिवारका सदस्यहरू घटनास्थलमा पुगेर हतार-हतार अभिषेकलाई एमजीएम अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले जाँचपछि उसलाई मृत घोषित गरिदिए।

घटनाको जानकारी पाउनसाथ अस्पताल परिसरमा परिवारका सदस्यहरूले तनाउ फैलाए। आक्रोशित मानिसहरूले प्रेमिकामाथि हमला गर्ने चेष्टा गरे, तर घटनास्थलमा उपस्थित होमगार्डका जवानहरूले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रण गरे अनि महिलालाई सुरक्षित रूपमा एमजीएम थानामा पुलिसलाई सुम्पिइयो।

अभिषेकको परिवारको आरोप छ, प्रेमिकाले पछिल्लो केही महिनादेखिको उसलाई मानसिक रूपमा प्रताड़ित गरिरहेकी थिई। बताइयो, 6 महिनाअघि मात्र अभिषेकले महिलालाई भाड़ाको फ्ल्याटमा राखेको थियो जहाँ दुई सँगै बस्दै आइरहेको थियो।

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande