डिजिटल सार्वजनिक पूर्वाधार क्षेत्रमा भारतको उपलब्धिहरू विश्वका लागि उदाहरणः डा. जयशंकर
Jaishankar


नयाँ दिल्ली, ७ अक्टोबर (हि.स.)। विदेश मन्त्री डा. एस. जयशंकरले भने, आज वैश्विक दक्षिणका देशहरूले भारतमाथि विशेष ध्यान राखेका छन् र उनीहरू हाम्रो प्रगतिबाट प्रेरणा लिन्छन्। त्यसैले कृत्रिम बुद्धिमत्ता (एआई)को शासन र प्रयोगको क्षेत्रमा भारतको जिम्मेवारी अझ बढेको छ। उनले भने, पछिल्लो दशकमा डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा भारतले हासिल गरेका उपलब्धिहरू संसारका लागि उदाहरण बनिसकेका छन् र अब यो सफलता एआई क्षेत्रका लागि पनि मार्गदर्शक बन्नेछ।

डा. जयशंकरले यो कुरा मंगलवार नयाँ दिल्लीमा आयोजित ट्रस्ट एन्ड सेफ्टी इन्डिया फेस्टिवल २०२५ को उद्घाटन सत्रमा गरेका थिए। यो फेस्टिवल फरवरी २०२६ मा प्रस्तावित एआई-इम्प्याक्ट समिट अघि आयोजित प्री-समिट कार्यक्रम हो। उनले यस पहलका लागि सेन्टर फर सोशल रिसर्च इन्डिया र यसको निर्देशक डा. रंजन कुमारीको प्रशंसा पनि गरे।

विदेश मन्त्रीले भने, मानव इतिहासमा प्रगतिको दिशा सँधै प्रविधिको उन्नतिको माध्यमबाट तय भएको छ। तर प्रत्येक प्रविधि परिवर्तनले अवसरसहित जोखिम पनि ल्याउँछ। प्रगति र शोषण, लोकतंत्रीकरण र वर्चस्व, साझेदारी र ध्रुवीकरणबीचको भिन्नता यसमा निर्भर गर्दछ कि हामी प्रविधि कसरी प्रयोग गर्छौं।

डा. जयशंकरले भने, आगामी वर्षहरूमा एआई हाम्रो अर्थव्यवस्था, कार्य संस्कृति, स्वास्थ्य प्रणाली र शिक्षा प्रणालीलाई पूर्णरूपमा परिवर्तन गर्नेछ। यो परिवर्तन सर्वव्यापी हुनेछ र विश्वका प्रत्येक नागरिकमा यसको प्रभाव पर्छ। उनले भने, जहाँ एआईले नयाँ दक्षता र सम्भावना ल्याउने छ, त्यहाँ नयाँ शक्ति केन्द्र र हित समूह पनि उत्पन्न हुन्छन्। त्यसैले एआई शासनका लागि संतुलित दृष्टिकोण अपनाउनु आवश्यक छ ताकि डिजिटल नागरिकहरूको सुरक्षा सुनिश्चित होस्।

विदेश मन्त्रीले जोड दिॅंदै भने, जिम्मेवार एआईका लागि ट्रस्ट र सेफ्टी अत्यन्त महत्वपूर्ण छन्। भारतजस्ता विविध समाजमा स्वदेशी उपकरण र फ्रेमवर्कहरू विकास गरिनु पर्छ, नवप्रवर्तनकर्ताहरूका लागि स्व-मूल्यांकन प्रणाली बनाउनुपर्छ र स्पष्ट निर्देशन तयार गर्नुपर्छ। यसरी मात्र एआईको विकास, प्रयोग र शासन सुरक्षित, पहुँचयोग्य र न्यायपूर्ण हुनेछ।

डा. जयशंकरले भने, भारतको डिजिटल पूर्वाधार मोडेल विश्वका धेरै देशका लागि प्रेरणा बनिसकेको छ र अब एआई क्षेत्रमा पनि भारतले नेतृत्व देखाउन सक्छ। उनले भने, विभिन्न समाजहरूले एआईका लाभ र जोखिमलाई फरक दृष्टिकोणबाट हेर्छन्, त्यसैले पूर्वाग्रह, नैतिकता, गोपनीयता र संवेदनशीलताका विषयमा सचेत रहन आवश्यक छ।

विदेश मन्त्रीले थपे, विश्व समुदायमा नयाँ प्रविधिको सम्बन्धमा विमर्श आवश्यक हुन्छ, तर प्रायः सानो स्वार्थले सामूहिक हितलाई प्रभावित पार्छ। उनले भने, “यसपटक हामी त्यो गल्ती दोहोर्याउन सक्दैनौं किनभने यो केवल नीति सम्बन्धी प्रश्न मात्र होइन, प्रत्येक नागरिकको व्यक्तिगत हितसँग पनि जोडिएको विषय हो।”

डा. जयशंकरले भने, भारतले वैश्विक स्तरमा शासन र जिम्मेवार प्रयोगको नेतृत्व गर्दै आएको छ। जी-20 अध्यक्षताका क्रममा भारतले एआईलाई सतत विकास लक्ष्य हासिल गर्ने माध्यमको रूपमा प्रस्तुत गरेको छ र ट्रस्ट, सेफ्टी, फेयरनेस र अकाउन्टेबिलिटीमा जोड दिएको छ। भारत ग्लोबल पार्टनरशिप अन एआईको संस्थापक सदस्य हो र नयाँ दिल्ली घोषणा पत्र मार्फत जिम्मेवार र समावेशी एआईको दृष्टिकोण प्रस्तुत गरेको छ।

उनले भने, २०२६ को एआई-इम्प्याक्ट समिट यस दिशामा अर्को ठूलो कदम हुनेछ, जसको केन्द्रबिन्दु प्रविधिको वास्तविक प्रभाव हुनेछ। विदेश मन्त्रीले भने, यस प्रयासको सफलता बहु-हितधारक सहभागितामा निर्भर गर्नेछ र ट्रस्ट एन्ड सेफ्टी इन्डिया फेस्टिवल यस विषयमा समावेशी र जनमुखी सन्देश दिन महत्त्वपूर्ण छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande