मुख्यमन्त्री सरमाले डिब्रुगढ़मा स्वचालित वाहन फिटनेस परीक्षण केन्द्रको गरे उद्घाटन
मुख्यमन्त्री सरमाले डिब्रुगढ़मा स्वचालित वाहन फिटनेस परीक्षण केन्द्रको गरे उद्घाटन


डिब्रुगढ़ (असम), 08 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज डिब्रुगढ़मा एक स्वचालित वाहन फिटनेस परीक्षण केन्द्रको उद्घाटन गरे। यो पहल राज्यमा वाहन परीक्षम व्यवस्थालाई आधुनिक बनआउने दिशामा एक महत्वपूर्अण कदम हो।

यो केन्द्र असम सरकार र अप्लाउस इटेयुव इण्डिया प्राइभेट लिमिटेडको संयुक्त सहयोगमा स्थापना गरिएको हो। यस अत्याधुनिक केन्द्रमा प्रतिघण्टा दश वटा वाहनहरूको फिटनेस जाँच गर्न सकिन्छ। यो केन्द्रले डिब्रुगढ़, तिनसुकिया र धेमाजी जिल्लालाई सेवा प्रदान गर्नको साथै यी क्षेत्रहरूमा म्यानुअल फिटनेस परीक्षणलाई पूर्ण रूपले समाप्त गर्नेछ।

हालैमा यस्तो स्वचालित केन्द्र बिश्वनाथ र जोरहाटमा पनि शुरू गरिेको छ भने उत्तर शालमारामा थप अर्को केन्द्र उद्घाटनको लागि तयार भइसकेको छ। यस अतिरिक्त सरकारले बरपेटा, मंगलदै र बदरपुरमा पनि यस्तै केन्द्र स्थापना गर्ने योजना बनाइरहेको छ जसबाट राज्यभरि नै सड़क सुरक्षा अनि वाहन परीक्षण प्रणालीलाई अझ बढ़ी प्रभावकारी बनाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande