त्रिपुरामा तृणमूल कंग्रेसको कार्यालयमा हमला भएपछि पाँच सदस्यीय टोली प्रस्थान
त्रिपुरामा तृणमूल कंग्रेसको कार्यालयमा हमला भएपछि पाँच सदस्यीय टोली प्रस्थान


कोलकाता, 08 अक्टोबर (हि.स.)। तृणमूल कंग्रेस (टीएमसी)- को अगरतला कार्यालयमा कथित रूपमा भाजपा कार्यकर्ताहरूद्वारा तोड़फोड़ गरिएको घटनापछि एक वरिष्ठ टोली त्रिपुरा तर्फ प्रस्थान भएको छ। यसको अगुवाई लोकसभा सांसद प्रतिमा मण्डलले गरिरहेकी छन्।

टीएमसीको यस टीममा सांसद सायनी घोष, बिरबाहा हंसदा, पार्टी प्रवक्ता कुनाल घोष र सुदीप राहा सामेल छन्। राज्यसभा सांसद सुष्मिता देव पनि यस टीममा सामेल रहने सम्भावना छ।

टीएमसीका राष्ट्रिय महासचिव एवं सांसद अभिषेक ब्यनर्जीले भाजपामाथि आरोप लगाए, उसले ती राज्यहरूमा हिंसा भड़्काउनको लागि आफ्नि मशिनरीलाई प्रयोग गरिरहेको छ जहाँ उसको सरकार छ। उनले भने, बंगालमा हामीलाई चुनाउको माध्यमबाट हटाउन असफल बएपछि भाजपाले आफ्नो शक्ति देखाउनको लागि ती राज्यहरूमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ जहाँ उ सत्तामा छ। सांसदले त्रिपुरामा भएको यस घटनाक्रमलाई “प्रतिशोध औ कानूनहीन मानसिकता”- को उदाहरण बताए।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीका भतिजे अभिषेक ब्यनर्जीले भने, यो हमला टीएमसी नेता तथा कार्यकर्ताहरूविरूद्ध लगातार भइरहेको हमलाको श्रृङ्खला हो। उनले स्मरण गराए, 2021 सालमा भएको मेरो त्रिपुरा यात्राको लावा-लस्करमा भाजपाद्वारा नियुक्त गुण्डाहरूले हमला गरेका थिए। उनीहरूले लोकतन्त्रको कुरा गर्छन् तर उनीहरूको कृत्यले यसको मूल सिद्धानको उल्लंघन गर्दछ।

टीएमसीको टीमको उदेश्य त्रिपुराको स्थितिको जायजा लिनु, प्रभावित कार्यकर्ताहरूलाई सहयोग गर्नु तथा यस मामिलालाई राज्य प्रशासन समक्ष औपचारिक रूपमा उठाउनु हो। अभिषेक ब्यनर्जीले भने, धम्की, हिंसा र प्रतिशोधले हामीलाई कहिल्यै पनि शिथिल बनाउन सक्दैन। लोकतन्त्र अनि जनताको चाहना सदैव हिंसाको राजनीतिभन्दा भारी रहनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande