मोरी गाउँको बरंगबारीमा जंगली हात्तीको हमलामा परी महिलाको मृत्यु
मोरी गाउँको बरंगबारीमा जंगली हात्तीको हमलामा परी महिलाको मृत्यु


मोरीगाउँ (असम), 8 अक्टोबर (हि.स.)। मोरी गाउँ जिल्लान्तर्गत हाबी बरंगाबाड़ीमा बुधवार बिहान एउटा जंगली हात्तीले व्यापक उत्पात मचायो। यस अवधि जंगली हात्तीको हमलामा परी एकजना महिलाको मृत्यु भयो। मृत महिलाको पहिचान बोरी गाउँ निवासी स्वर्णाली देवीको रूपमा गरिएको छ।

प्राप्त जानकारी अनुसार महिला आफ्नो घरदेखि प्रातः भ्रमणको लागि हिँड़ेकी थिइन्, यसै अवधि हात्तीले हमला गरेर उनको मृत्यु भयो। प्रारम्भिक अवस्थामा हात्तीको हमलामा गम्भीर रूपमा घाइते महिलालाई तुरून्तै मोरीगाउँ जिल्ला अस्पतालमा भर्ती गरियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

क्षेत्रमा अचानक जंगली हात्तीहरू आउन थालेपछि भय सन्त्राष फैलिएको छ। गए मंगलवार लाहरीघाटमा ओरांगदेखि आएका 6 वटा जंगली हात्तीहरूको उपस्थिति देखियो। सम्भवतः त्यसै बथानबाट आएको एउटा हात्तीले आज महिलामाथि हमला गरेको हुनसक्छ। पुलिसले महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। साथै वन विभागले जंगली हात्तीहरूलाई पुनः जंगल तर्फ लखेट्नको लागि अभियान आरम्भ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande