गौतमबुद्ध नगर, 08 अक्टोबर (हि.स.)। गौतमबुद्ध नगरको थाना ईकोटेक-3 क्षेत्र स्थित मोबाइल फोनको पार्ट्स बनाउऩे एक कोरियाई कम्पनीको मेनेजिङ डायरेक्टरले त्यहाँ कार्यरत एक इन्जीनियर विरूद्ध मुद्दा दर्ता गराएका छन्। उनले आरोप लगाएका छन्, उसले मोबाइल फोनको डिस्प्ले चोरी गऱ्यो, जसको मूल्य लाखौं रूपियाँ छ। पुलिसले आरोपीलाई पक्राउ गरेको छ।
थाना ईकोटेक-3 को प्रभारी निरीक्षक अजय कुमार सिंहले बताए, उद्योग विहार-2 स्थित मोबाइल फोन बनाउने एक कोरियाई कम्पनीको मेनेजिङ डायरेक्टर क्यूङ जून लीले गए राति थानामा रिपोर्ट दर्ता गराए। त्यसमा बताइयो, सचिन सोलंकी पुत्र रविन्द्र सोलंकी उनको कम्पनीमा इन्जीनियरको पदमा कार्यरत छन्। उनी अनुसार, उ कम्पनीमा बनाइरहेको मोबाइल फोनको डिस्प्ले चोरेर गइऱहेको थियो। गेटमा तैनाथ सुरक्षाकर्मीहरूले जब तलाशी लिए तब उ चोरीको समान सहित पक्रा पऱ्यो।
उनी अनुसार, सचिन सोलंकीले सुरक्षाकर्मीहरूको साथ अपशब्द भन्न थाल्यो तथा उनीहरूलाई धकेलेर त्यहाँबाट भाग्यो। सीसीटीभी फुटेजको जाँच गर्दा थाहा लाग्यो कि आरोपीले पहिले पनि मोबाइल डिस्प्ले चोरेको छ, जसको मूल्य लाखौं रूपियाँ छ। पीड़ितले सचिन सोलंकीद्वारा कम्पनीबाट समान चोरी गर्दै गरेको सीसीटीभी फुटेज उपलब्ध गराएका छन्। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले आरोपीलाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी