पत्नीसित अवैध सम्बन्धको शंकामा काकाले गऱ्यो भतिजको हत्या
पत्नीसित अवैध सम्बन्धको शंकामा काकाले गऱ्यो भतिजको हत्या


सुलतानपुर, 08 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका जिल्ला सुलतानपुरको बबुरी गाउँमा मंगलवार अबेर राति एक काकाले आफ्नी पत्नीसित अवैध सम्बन्धको शंकामा आफ्नै भतिजको हत्या गऱ्यो। आरोपीले पत्नीलाई कुटेर घाइते बनायो। पुलिसले आरोपीलाई हिरासतमा लिएर मामिलाको जाँच शुरू गऱ्यो।

थानाध्यक्ष धर्मवीर सिंहले बुधवार बताए, बंधुआ कला थाना क्षेत्रको बबुरी गाउँ निवासी रमेश (28) गए राति एक निमन्त्रणमा घर फर्के। उनले पत्नी वन्दनालाई आफ्नै भतिज विशाल (20) सित आपत्तिजनक स्थितिमा देखे। यसबाट रमेशको रीसको सीमा रहेन औं उले डन्डाले विशालको कुटेरै हत्या गरे। यति मात्र होइन रमेशले पत्नी वन्दनालाई पनि कुटे, जसमा उ गम्भीर रूपमा घाइते भइ।

स्थानीय मानिसहरूको मद्दतले वन्दनालाई राजकीय मेडिकल कलेजको सर्जिकल वार्डमा भर्ती गराइयो। वन्दनाले अस्पतालमा बताइन्, उ आफ्नो ससुर र जेठानीको छोरा (भतिज) को साथ घरमा बसेकी थिइ, तब उसका पति रमेशले शंकाको काऱण ती दुवैमाथि डन्डाले हमला गरे।

थानाध्यक्षले बताए, विशालको शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाइएको छ। आरोपीले रमेशलाई पक्राउ गरी सोधपुछ शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande