
कोलकाता, 10 नोभेम्बर (हि.स.)। कोलकाता पुलिसले सोमवार इस्कन (इन्टरनेशनल सोसाइटी फर कृष्णा कन्शियसनेस)-सित सम्बन्धित लगभग दुई करोड़ रुपियाँको ठगीको मामिलामा एकजना पुस्तक आपूर्तिकर्तालाई पक्राउ गऱ्यो। यो धोकाधड़ी धार्मिक पुस्तकहरूको आपूर्तिसित सम्बन्धित थियो जुन लगभग छः वर्षपूर्व भएको थियो। अधिकारीहरू अनुसार, आरोपीको पहिचान देवराज भट्टचार्यको रूपमा भएको छ जसलाई गिरिश पार्क क्षेत्रबाट पक्राउ गरियो। हाल उसलाई 18 नोभेम्बरसम्मको लागि पुलिस हिरासतमा पठाइएको छ।पुलिस सूत्रले बतायो, भट्टचार्यमाथि आरोप छ कि उसले इस्कन कोलकाताद्वारा अर्डर गरिएको अपेक्षा कम आपूर्ति र रहल राशिको लागि नक्कली बिल जमा गरेर संगठनबाट भुक्तान हासिल गऱ्यो। यसरी उसले लगभग दुई करोड़ रुपियाँ लियो। मामिलाको खुलासा इस्कनको आन्तरिक अडिट हुँदा भएको थियो जसपश्चात वर्ष 2019-मा शेक्सपियर सरणी थानामा सिकायत दर्ता गरिएको थियो। सिकायतमा भट्टचार्य र उसका एकजना सहयोगीमाथि धोकाधड़ीको आरोप लगाइएको थियो। सिकायत दर्ता भएपछि आरोपी भागेको थियो। पुलिसलाई उसलाई पक्राउ गर्नको लागि अभियान शुरू गऱ्यो अऩि पछि अदालतले उविरूद्ध पक्राउ वारेन्ट जारी गऱ्यो।आरोपी हालैमा शहरमा फर्केर आएको सूचना प्राप्त भएपछि पुलिसले उसलाई पक्राउ गऱ्यो। पुलिस अधिकारीहरूको भनाइ छ, आरोपीसित जाँचबुझ गर्दा अन्य सम्बन्धित व्यक्तिहरूको पनि संलिप्तता रहेको खुलासा हुने सम्भावना छ। स्मरण गराइन्छ, इस्कन एक धार्मिक संगठन हो जसले गौड़ीय वैष्णव परम्परालाई पालन गर्दछ र भगवान श्रीकृष्णको भक्तिलाई सर्वोच्च मान्दछ। यसको आध्यात्मिक एवं प्रशासनिक मुख्यालय पश्चिम बंगालको नदिया जिल्लास्थित मायापुरमा अवस्थित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा