
उत्तर दिनाजपुर, 10 नोभेम्बर (हि.स.)। जिल्लाको इटाहारबाट पूर्व तृणमूल कंग्रेस विधायक अमल आचार्य एक पटक फेरि आफ्नो पुरानो पार्टी कंग्रेसमा फर्किरहेका छन्। सूत्रानुसार आगामी बुधवार कोलकातास्थित प्रदेश कंग्रेस कार्यालयमा उनी औपचारिक रूपमा कंग्रेसमा सामेल हुनेछन्।
अमल आचार्य पहिला कंग्रेसका नेता थिए, पछि तृणमूल कंग्रेसम सामेल भए। तर वर्ष 2021-को विधानसभा चुनाउपूर्व उनी तृणमूल त्यागेर भाजपामा सामेल भएका थिए। अब लामो अन्तरालपछि उनी फेरि आफ्नो पुरानो घर कंग्रेसमा फर्किरहेका छन्।
यस परिप्रेक्ष्यमा तृणमूलका उत्तर दिनाजपुर जिल्लाध्यक्ष कन्हैया लाल अग्रवालले भने, अमल आचार्यले दलबदल गर्दैमा इटाहार विधानसभा क्षेत्रमा कुनै प्रभाव पर्नेवाला छैन। जनताले सोझै मुख्यमन्त्री ममता ब्यनर्जीलाई हेर्छन्। यस क्षेत्रमा मोशरफ हुसैन लोकप्रिय छन्, त्यसैले क्षेत्रमा कुनै प्रभाव पर्दैन।
विगत केही दिनदेखिकै अमल आचार्य कंग्रेसमा फर्किने अड़कलहरू लगाउन शुरू भएको थियो जसलाई उनले आफै यथार्थमा परिणत गरेका छन्। उनले सोमवार पुष्टि गरे, उनी कंग्रेसमा सामेल हुनेछन्।
कंग्रेसका उत्तर दिनाजपुर जिल्ला अध्यक्ष मोहित सेनगुप्ताले भने, अमल आचार्य हाम्रो घरकै व्यक्ति हुन् र अब उनी आफ्नो घरमा फर्किरहेका छन्। हामी खुशि छौं कि उनी फेरि कंग्रेसमा आइरहेका छन्। उनले आगामी 12 नोभेम्बरमा कोलकाताको प्रदेश कंग्रेस कार्यालयमा पार्टीको झण्डा ग्रहण गर्नएछन्। विधानसभा चुनाउमा उनी हाम्रो लागि तुरूपको एक्का साबित हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा