
कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अवधि बूथ स्तरीय प्रतिनिधि (बीएलए)-हरूको नियुक्तिमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टी (भाजपा)-लाई पछार्दै बढ़त हासिल गरेको छ। लामो समयदेखिकै यस सूचीमा शीर्ष स्थानमा रहेको भाजपा अब दोस्रो स्थानमा पुगेको छ।
मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयबाट सोमवार अपरान्हसम्ममा प्राप्त जानकारी अनुसार तृणमूल कंग्रेसले अहिलेसम्ममा 43,069 बीएलए आवेदन जमा गरिसकेको छ भने भाजपाको आवेदन 41,405 रहेको छ। यद्यपि तृणमूल कंग्रेस बीएलए-2 नियुक्तिमा अगाड़ि रहे पनि बीएलए-1 को मामिलामा भाजपाले बढ़त कायम गरेको छ।
तृणमूल कंग्रेसलाई 42,906 बीएलए-2 आवेदन प्राप्त भएको छ भने भाजपाको 41,067 आवेदन दर्ता गरिएको छ। यसरी नै बीएलए-1 श्रेणीमा भाजपाको 338 आवेदन छ भने तृणमूल कंग्रेसको केवल 163 आवेदन प्राप्त भएको छ।
बीएलए-1 ले कुनै पनि विधानसभा क्षेत्रमा पार्टीको प्रतिनिधित्व गर्दछ भने बीएलए-2 ले सम्बन्धित पार्टीको पक्षबाट मतदान केन्द्र स्तरमा कार्य गर्दछ।
सीईओ कार्यालयको आँकड़ा अनुसार सीपीआई (एम) तेस्रो स्थानमा छ जसले 32,221 बीएलए आवेदन दर्ता गरेको छ जसमा 32,021 बीएलए-2 र 200 बीएलए-1 आवेदन सामेल छन्। कंग्रेस चौथो स्थानमा छ जसको 9,286 आवेदन आएको छ जसमा 9,074 बीएलए-2 र 212 बीएलए-1 आवेदन सामेल छन्।
अहिलेसम्ममा सबै पञ्जीकृत राजनीतिक दलहरूको पक्षबाट 01 लाख 27 हजार 242 बीएलए आवेदन जमा गरिसकिएको छ जसमा 01 लाख 26 हजार 186 बीएलए-2 अऩि 1,056 बीएलए-1 आवेदन सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा