मुख्यमन्त्रीको कावाखाली दौड़ाहपूर्व भूमि रक्षा कमिटीका सदस्यहरूलाई लिइयो हिरासतमा
मुख्यमन्त्रीको कावाखाली दौड़ाहपूर्व भूमि रक्षा कमिटीका सदस्यहरूलाई लिइयो हिरासतमा


सिलगढ़ी, 10 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीको सिलगढ़ी दौड़ाहलाई लिएर कावाखाली क्षेत्रमा तनाउ फैलिएको छ। सोमवार मुख्यमन्त्रीको लावा-लस्कर ठाउँमा पुग्न अगावै कावाखाली पोराझारको भूमि रक्षा कमिटीका सदस्यहरू हातमा ब्यानर बोकेर सड़क किनारमा बसे। सुरक्षा एवं शान्ति व्यवस्थालाई कायम राख्नको निम्ति पुलिसले आन्दोलनकारीहरूलाई हिरासतमा लियो।

भूमि रक्षा कमिटीको माग छ, क्षतिपूर्ति नपाएका किसानहरूलाई तुरून्तै क्षतिपूर्ति दिइयोस्। यसको साथै अनिच्छुक किसानहरूको जमीनलाई फर्काइयोस् अनि सिलगढ़ी-जलपाइगढ़ी डेभलपमेन्ट अथोरिटी (एसजेडीए)- अधिकारीहरूद्वारा दिइएको पूर्ण पुनर्वास प्याकेजलाई लागू गरियोस्।

स्थानीय सूत्र अनुसार उनीहरू प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसित भेट गरी आफ्नो माग राख्न चाहन्थे। तर मुख्यमन्त्री कावाकाली पुग्न अगावै न्यू जलपाईगुड़ी थानाको पुलिसले घटनास्थलमा पुगेका आन्दोलनकरीहरूलाई हिरासतमा लियो जसले गर्दा क्षेत्रमा तनाउ फैलियो।

पुलिस सूत्रानुसार मुख्यमन्त्रीको सुरक्षा र अनुशासनलाई कायम राख्नको लागि यो कदम उठाइएको हो। अर्कोतिर भूमि रक्षा कमिटीका सदस्यहरूले दाबी गरे, हामी शान्तिपूर्वक आफ्नो माग राख्न आएका थियौं, तर हाम्रो कुरा सुन्नअघि नै हामीलाई हिरासतमा लियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande