संघ शताब्दि वर्षः झाड़ग्राम विशिष्ट नागरिक सम्मेलनमा राष्ट्र निर्माणको संकल्प
संघ शताब्दि वर्षः झाड़ग्राम विशिष्ट नागरिक सम्मेलनमा राष्ट्र निर्माणको संकल्प


झाड़ग्राम, 9 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको उपलक्ष्यमा गए आइतवार झाड़ग्राममा “विशिष्ट नागरिक सम्मेलन” आयोजना गरियो। यस अवसरमा मुख्य वक्ताको रूपमा प्रान्त कार्यवाह शशांक देले भने, संघको सय वर्षको यात्रा संगठन विस्तारको कथा मात्र होइन, राष्ट्र सेवाको दिगो साधना पनि हो। उनले भने, “संघका प्रत्येक कार्यकर्ता सामाजिक जीवनको हरेक क्षेत्रमा सकारात्मक परिवर्तनको वाहक बनौं, यही नै शताब्दी वर्षको संकल्प हो।”

कार्यक्रमको अध्यक्षता झाड़ग्राम संघ चालक कृष्ण प्रसाद महतोले गरे भने विशेष अतिथिका रूपमा संघका प्रान्त बौद्धिक प्रमुख कुमार नन्दी उपस्थित थिए। यस अतिरिक्त स्वदेश फौजदार, विभाग सम्पर्क प्रमुख उत्तम वेज तथा विभाग प्रचारक रजत राय पनि उपस्थित थिए।

शशांक देले भने, संघको शताब्दी वर्ष (2025–2026)- को उदेश्य समाजको प्रत्येक व्यक्तिसम्म आत्मीय सम्वाद पुऱ्याउनु हो। आज समाजको हरेक वर्ग आफ्नो कर्तव्यप्रति सजग, संगठित राष्ट्रहितमा सक्रिय हुन आवश्यक छ।

उनले भने, शताब्दी वर्ष अवधि संघद्वारा सामाजिक जीवनका सबै क्षेत्रहरूमा सेवा प्रकल्प, समाज जागरण अभियान औ सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट व्यापक जनसम्पर्क अभियान संचालन गरिनेछ। “हाम्रो लक्ष्य हो कि भारतको प्रत्येक ग्राम, नगर औ व्यक्तिसम्म संघको सेवा, संगठन एवं संस्कारको सन्देश पुगोस्।

यस अवसरमा प्रान्त बौद्धिक प्रमुख स्वदेश फौजदारले भने, आगामी दिनमा शताब्दि वर्ष उत्सव मात्र नभएर समाजमा नवचेतना र राष्ट्रभावनाको प्रसार पर्व बन्नेछ। कार्यक्रममा नगर तथा वरपरका क्षेत्रहरूबाट 185 जना विशिष्ट नागरिकहरूले सहभागिता जनाएका थिए। वातावरण राष्ट्रभक्ति र उत्साहले ओतप्रोत भयोय़ अन्तमा सबै उपस्थित नागरिकहरूले राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी बन्ने संकल्प लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande