झाड़ग्राममा फेरि ईडीको छापा, बालुवा व्यवसायका श्रृङ्खलाहरूलाई जोड़्न जुट्यो जाँच एजेन्सी
झाड़ग्राममा फेरि ईडीको छापा, बालुवा व्यवसायका श्रृङ्खलाहरूलाई जोड़्न जुट्यो जाँच एजेन्सी


झाड़ग्राम, 13 नोभेम्बर (हि.स.)। जिल्लामा प्रवर्तन निदेशालय (ईडी)-ले फेरि एकपटक छापामारीको कारबाही गरेको छ। बिहीवार ईडी अधिकारीहरूको एक टीम गोपीबल्लभपुर पुग्यो अनि सबैभन्दा पहिला व्यवसायी अरूण सराफको कार्यालयमा खानतलासी गऱ्यो। त्यसपछि अधिकारीहरूको दल सराफको बालुवा खानी भएको स्थलमा पुग्यो जहाँ सम्पूर्ण क्षेत्रको मापन गरियो।

सूत्रानुसार ईडी अधिकारीहरूले खानीबाट एकत्र गरेको बालुवाको मात्रालाई फिताले नापेर जाँच गरे। जाँच टीमले भाजपाका पूर्व जिल्ला युवा अध्यक्ष अनुरण सेनापतिको बालुवाको स्टकलाई पनि नापजोख गऱ्यो।

जानकारी मुताविक अनुरण सेनापतिले अरुण सराफसित मिलेर बालुवाको व्यापार गर्दथे। त्यसैले ईडीले अब यी दुईबीचको सम्बन्ध र सम्भावित वित्तीय अऩियमितताहरूको गहिराई पूर्वक जाँच गरिरहेको छ। आजको कारबाहीमा कुनै पनि केन्द्रिय बल उपस्थित थिएन। सूत्रको भनाइ छ, ईडीको यो अभियानलाई विशेष सूचना संग्रहको लागि संचालन गरिएको थियो।

ईडीको टीम फेरि पनि झारग्राममा आएको कारणले क्षेत्रको राजनीतिक हावा तातिएको छ। विभिन्न दलका स्थानीय नेताहरू चिन्तामा पिरोलिएका छन्।

स्मरण गराइन्छ, यसपूर्व पनि ईडीले अरूण सराफ र सौरभ राय सहित केही व्यक्तिहरूको बालुवा खानी अनि कार्यालयहरूमा दुई पटकसम्म छापा मारिसकेको थियो जसमा महत्वपूर्म दस्तावेज र नगद जफत गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande