
दक्षिण 24 परगना, 13 नोभेम्बर (हि.स.)। जिल्लाको काकद्वीपमा एक विस्फोटक घटना सामु आएको छ। स्थानीय अदालत परिसरमा अवस्थित एकजना वकिलको च्याम्बरमा एकजना कानूनकी छात्राको गलफन्दामा झुण्डिरहेको शव भेटियो। मृतकाको पहिचान सोनिया हालदार (21)-को रूपमा भएको छ जो काकद्वीपको गान्धीनगर क्षेत्रकी निवासी थिइन्।
सूत्र अनुसार सोनिया हालदार कानूनको प्रथम वर्षकी छात्रा थिइन् भने उनी प्र्याक्टिसको लागि काकद्वीप अदालतका अधिवक्ता शेख मनौव्वर लमको च्याम्बरमा आउँथिइन्। गए बुधवार बिहान पनि तिनी सदा जस्दै कलेज त्यसपछि च्याम्बरमा आउनको लागि घरबाट हिँड़ेकी थिइन्। तर अबेर साँझ परिवारलाई उसको असामान्य मृत्युको खबर प्राप्त भयो। परिवारले तुरून्तै घटनास्थलमा पुगेर पुलिसलाई सूचना दियो।
प्रारम्भिक जाँच अनुसार छात्राको शव वकिलको च्याम्बरमा भेटिएको भए पनि यो स्पष्ट हुन सकेको छैन कि यो हत्या हो वा आत्महत्या। छात्राको परिवारले सम्बन्धित वकिलमाथि लिखित सिकायत दर्ता गराएको छ। पुलिसले अस्वभाविक मृत्युरो मामिलादर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा