
गुवाहाटी, 13 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार भने, यदि राज्यमा भारतीय जनता पार्टी (भाजपा)-को सत्ता छैन दिसपुरदेखि शुरू भएर सम्पूर्ण असम नै ‘मियाँहरू’- को नियन्त्रणमा जानेछ।
एक कार्यक्रममा भाग लिएपछि मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, “यदि भाजपा सत्तामा रहेन भने मियाँहरूले दिसपुरदेखि लिएर सम्पूर्ण असममा कब्जा गर्नेछन्।” उनले आरोप लगाए, “तीन गोगोई” मियाँका सबैभन्दा ठूलो समर्थक छन् जसको माध्यमबाट उनले अप्रत्यक्ष रूपमा गोगोई उपनाम भएका विपक्षी नेताहरूलाई लक्षित गरे। मुख्यमन्त्रीको इशारा प्रदेश कंग्रेस अध्यक्ष तथा सांसद गौरव गोगोई, असम जातीय परिषदका अध्यक्ष लुरिन ज्योति गोगोई तथा रायजर दलका अध्यक्ष अखिल गोगोईतिर थियो।
डा. सरमाले भने, आज भाजपालाई दोष्याइरहेका मानिसहरू भविष्यमा पछुताउनेछन्। उनले यसमाथि बल दिए, असमिया अस्मिता अनि संस्कृतिको रक्षा गर्नमा भाजपा सक्षम छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा