
मानकाचर (असम), 13 नोभेम्बर (हि.स.)। दक्षिण सालमारा-मानकाचर जिल्ला पुलिसले गुप्त सूचनाको आधारमा सुतलामारा चर क्षेत्रमा एउटा अभियान संचालन गरी ठूलो सफलता हासिल गरेको छ। पुलिस प्रवक्ताले आज बताए, यस अवधि पुलिसले 36 वटा कन्टेनरमा भरिएको लगभग 37 ग्राम संदिग्ध हेरोइन जफत गऱ्यो।
पुलिसले घटनास्थलबाट सुतलामारा प्रथण खण्ड निवासी नवाब मोल्लालाई पक्राउ पनि गऱ्यो। पक्रा पर्ने आरोपीसित नशाको तस्करीसित सम्बन्धित अन्य जानकारीहरू हासिल गर्नको लागि जाँचबुझ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा