दिल्ली भाजपा अध्यक्षले भगवान बिरसा मुण्डाको 150औं जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे
दिल्ली भाजपा अध्यक्षले भगवान बिरसा मुण्डाको 150औं जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे


नयाँ दिल्ली, 15 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा शनिवार 'धरती आबा' भगवान बिरसा मुण्डाको 150औं जयन्तीमा आयोजित विशेष कार्यक्रममा सामेल भए। यो कार्यक्रम अनुसूचित जनजाति मोर्चा, भाजपा दिल्ली प्रदेशद्वारा जनजातीय गौरव दिवसको अवसरमा आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्र सचदेवाले भने, जनजातीय गौरव दिवसको अवसरमा 'धरती आबा' भगवान बिरसा मुण्डाको 150औं जयन्तीमा अनुसूचित जनजाति मोर्चा, भाजपा दिल्ली प्रदेशद्वारा आयोजित कार्यक्रममा सामेल भएर उनको अदम्य साहस, संघर्ष एवं समाजोद्धारका महान योगदानलाई श्रद्धापूर्वक नमन गरेँ। कार्यक्रममा भाजपाका राष्ट्रिय संगठक वी. सतिश एवं प्रदेश संगठन महामन्त्री पवन राणा पनि उपस्थित थिए।

यस अवसरमा भगवान बिरसा मुण्डाको जीवन एवं संघर्षलाई स्मरण गर्दै जनजातीय समुदायको गौरवलाई रेखांकित गरियो। भाजपा दिल्ली प्रदेशद्वारा आयोजित यस कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता अनि जनजातीय समुदायका सदस्यहरू सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande