
भुवनेश्वर, 15 नोभेम्बर (हि.स.)। झारखण्ड स्थापना दिवसको अवसरमा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राज्यका नागरिकहरूलाई हार्दिक बधाई दिएका छन्। सोशल मीडियामा जारी आफ्नो सन्देशमा उनले झारखण्डलाई समृद्ध जनजातीय संस्कृति, प्राकृतिक सौन्दर्य एवं खनिज सम्पदाको भूमि बताउँदै भने, राज्यले स्वाधीनता संग्रामदेखि लिएर राष्ट्र निर्माणको हरेक धारामा आफ्नो परिश्रम, साहस र अदम्य संकल्पको साथमा महत्वपूर्ण योगदान दिएको छ। केन्द्रिय मन्त्रीले भने, झारखण्डको लोक परम्पराले भारतको सांस्कृतिक विविधता र सामूहिक धरोहरलाई अझ समृद्ध बनाउँछ। उनले झारखण्डको दिगो प्रगति, सामाजिक समरसता अनि जनकल्याण आधारित विकासको कामना गर्दै “जोहार झारखण्ड” भनेर राज्यका जनताप्रति शुभेच्छा व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा