गोलाघाटमा लगभग दुई करोड़को ड्रग्ससितै तस्कर पक्राउ
गोलाघाटमा लगभग दुई करोड़को ड्रग्ससितै तस्कर पक्राउ


गोलाघाट (असम), 15 नोभेम्बर (हि.स.)। असममा मादक पदार्थ विरोधी कारबाही लगातार जारी छ। यसै क्रममा गोलाघाट पुलिसले विशेष नाका चेकिंग अवधि एकजना ड्रग्स पेडलरलाई प्रचुर मात्रामा ड्रग्ससितै पक्राउ गरेको छ। घटना नौकाटा क्षेत्रको रहेको बताइएको छ जहाँ पुलिस टीमले संदिग्ध व्यक्तिलाई रोकेर जाँच गऱ्यो।

पुलिस प्रवक्ताले शनिवार बताए, जाँचमा आरोपीबाट 354.53 ग्राम मर्फिन भेटियो जसको अनुमानित बजार मूल्य लगभग दुई करोड़ रुपियाँ रहेको छ। पुलिसले घटनास्थलमै आरोपीलाई हिरासतमा लियो।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस कारबाहीको सराहना गर्दै असम पुलिसको प्रतिबद्धताको प्रशंसा गरे। उनले भने, राज्य सरकारको ड्रग्स विरोधी अभियन सशक्त रूपमा अगाड़ि बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande