
श्रीनगर, 15 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हा औ मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरको नौगाम पुलिस स्टेशनमा भएको भयानक बम विस्फोटले पुऱ्याएको ज्यान-मालको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सोशल मीडिया एक्सको पोस्टमा उपराज्यपाल सिन्हाले भने, सरकार मृतकहरूको परिवार, मित्र एवं प्रियजनहरूको साथमा छ। अत्यन्त दुःखद आकस्मिक विस्फोटमा भएको अमूल्य ज्यानहरूको क्षतिले गहिरो दुःख पुऱ्याएको छ। शोक सन्तप्त परिवारप्रति मेरो संवेदना। म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछु। प्रभावित मानिसहरूलाई हरसम्भव सहयोग प्रदान गरिँदैछ।
उवले भने, मैले आकस्मिक विस्फोटको कारण पत्तो लगाउनको लागि जाँच गर्ने आदेश दिइएको छ। यसबीच मुख्यमन्त्री उमर अब्दुल्लाले पनि यस दुःखदायी आक्समिक विस्फोटप्रति गहिरो दुःख व्यक्त गरे। उनले भने, म शोक सन्तप्त परिवारहरूप्रति हार्दिक संवेदना व्यक्त गर्दछु साथै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उल्लेखनीय छ, फरिदाबादको आतंकवादी मोड्यूलबाट जफत गरिएका विस्फोटकहरूको भण्डारबाट पुलिस थानाभित्र दुर्घटनावश विस्फोट भएको कारणले 9 जना मानिसहरूको मृत्यु भयो जसमा एकजना राज्य जाँच एजेन्सी (एसआईए)- का अधिकारी, एकजना संयुक्त खण्ड विकास अधिकारी तथा एकजना दर्जी पनि सामेल छन्।घटनामा 29 जना मानिसहरू घाइते भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा