एमसीडी उपचुनाउलाई लिएर दिल्ली भाजपा कार्यालयमा समीक्षा बैठक सम्पन्न
एमसीडी उपचुनाउलाई लिएर दिल्ली भाजपा कार्यालयमा समीक्षा बैठक सम्पन्न


नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- को दिल्ली कार्यालयमा आइतवार आगामी 30 नोभेम्बरमा सम्पन्न भइरहेको दिल्ली नगरनिगम (एमसीडी)- का 12 वटा वार्डहरूको उपचुनाउको तयारीलाई लिएर समीक्षा बैठक आयोजना गरियो।

बैठकमा भाजपाका राष्ट्रिय संगठन महामन्त्री बीएल सन्तोष, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा, केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्रा, प्रदेश संगठन महामन्त्री पवन राणा सहित दिल्ली भाजपाका वरिष्ठ पदाधिकारी एवं जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीले सोशल मीडिया एक्सको पोस्टमा भनिन्, आगामी दिल्ली नगरनिगमको उपचुनाउलाई लिएर आज प्रदेश कार्यालयमा आयोजित महत्वपूर्ण संगठनात्मक बैठकमा राष्ट्रिय महामन्त्री बीएल सन्तोषको प्रेरक मार्गदर्शन प्राप्त भयो। उनले भनिन्, दिल्ली भाजपा संगठन आफ्नो प्रतिबद्धता, अनुशासन औ सेवाभावको साथमा दिल्लीमा पुनः विजयको झण्डा फहराएर जनसेवा गर्नको लागि पूर्ण प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande