2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू
2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू


गान्तोक, 16 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले 2029 मा हुने विधानसभा चुनाउलाई लिएर कम्मर कसेको छ। एसडीएफले आगामी चुनाउमा अद्भुत विजय इतिहास बनाउने लक्ष्यमा ध्यान केन्द्रित गर्दै आफ्नो कसरत शुरू गरेको छ।

यस क्रममा एसडीएफले आज गान्तोक जिल्लाको लागि तुमिन लिङ्गी निर्वाचन क्षेत्रमा पहिलो समन्वय बैठक आयोजन गऱ्यो। बैठकमा पूर्व जिल्ला प्रभारी बिजय प्रधान, जिल्ला अध्यक्ष कर्म पिन्चो भोटिया, क्षेत्रका प्रभारी एवं जनजाति मोर्चाका उपाध्यक्ष टीडी काजी तथा अन्य वरिष्ठ नेतृत्वहरू र कार्यकर्ताहरू उपस्थित थिए।

बैठकमा उपस्थित स्थानीय ग्रामवासीहरूले वर्तमान सरकारका अधुरो घोषणाहरू उल्लेख गर्दै असन्तोष प्रकट गरेको प्रेस विज्ञप्तिमा बताइएको छ। यसैगरी, महिलाहरूले महिलाहरू र बालबालिका विरुद्ध बढ्दो हिंसाप्रति चिन्ता प्रकट गरे। बैठकमा सहभागी बनेका स्थानीय समुदायले महिलाहरू र बालबालिकाहरूको सुरक्षाको मुद्दा उठाउॅंदै परिवर्तनको सन्देश दिएको विज्ञप्तिमा दाबी गरिएको छ।

आफ्ना चिन्ताहरूबीच पनि समुदायले एसडीएफ पार्टीमाथि आवश्यक परिवर्तन र विकास सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande