
गान्तोक, 17 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको आज पाक्योङ जिल्लाको नाम्चेबुङमा पाकिम एवं गान्तोक जिल्लाका प्रभारी वरिष्ठ उपाध्यक्ष बिजय प्रधानको नेतृत्वमा समन्यक बैठक सम्पन्न भयो। सभाले संगठन निर्माण र परिचालनका लागि महत्वपूर्ण प्रस्तावहरु ग्रहण गरि संगठनको कार्यभारहरु कार्यकर्तामा हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा एसकेएम सरकारका जनबिरोधी नीतिहरुले जनताको जीवनशैलीमा परेको प्रभावका विरुद्ध डटेर लड्ने फैसला गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल