
गान्तोक, 17 नोभेम्बर (हि.स.)। खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित राज्यस्तरीय विद्यालय खेलकुद २०२५ आज रेशीथाङ, खेलगाँउमा सम्पन्न भयो। समापन समारोहका प्रमुख अतिथि वन तथा वातावरण, खानी तथा भूविज्ञान, र विज्ञान तथा प्रविधि विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा थिए भने विशिष्ट अतिथि विधायक कला राई थिए।
मुख्य अतिथि मन्त्री लेप्चाले विभागलाई सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेकोमा बधाई दिए र विद्यार्थीहरूलाई निरन्तर खेलकुदमा उत्कृष्टता प्राप्त गर्न प्रोत्साहन गरे। उनले सिक्किमको खेलकुद पूर्वाधार सुदृढ गर्ने मुख्यमन्त्रीको दृष्टिकोण व्यक्त गर्दै खेलकुदले शारीरिक तन्दुरुस्ती र समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
खेलकुद तथा युवा मामिला विभागकी सचिव याङ्छेन डी. तामाङले खेलकुदको सम्पूर्ण विवरण प्रस्तुत गर्दै तीन तहको छानोट प्रक्रिया र सातवटा खेलकुद अनुशासनबारे जानकारी दिइन्। उनले मुख्यमन्त्रीप्रति खेलकुद क्षेत्रप्रतिको निरन्तर सहयोगका लागि आभार व्यक्त गरिन्।
गान्तोक जिल्ला केटा र केटी दुवै श्रेणीमा समग्र विजेता घोषित भयो। प्रमुख अतिथिले औपचारिक रूपमा राज्यस्तरीय विद्यालय खेलकुद २०२५ बन्द भएको घोषण गरे। कार्यक्रममा अधिकारीहरू, गण्यमान्य व्यक्तिहरू र विभिन्न जिल्लाका खेल प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल