उत्तरी सेना कमाण्डरले उत्तरी कश्मीरमा अनुप्रवेश रोधी ग्रिडको समीक्षा गरे
उत्तरी सेना कमाण्डरले उत्तरी कश्मीरमा अनुप्रवेश रोधी ग्रिडको समीक्षा गरे


श्रीनगर, 18 नोभेम्बर (हि.स.)। उत्तरी सेना कमाण्डर लेफ्टिनेन्ट जनरल प्रतीक शर्माले अनुप्रवेश रोधी ग्रिड अनि नियन्त्रण रेखा (एलओसी)-मा तैनाथ संरचनाहरूको परिचालन तयारीहरूको मूल्यांकन गर्नका लागि उत्तरी कश्मीरको दौड़ाह गरे। सो जानकारी रक्षा जनसम्पर्क अधिकारी जम्मूले दिएका हुन्।

उनले बताए, यस यात्रा अवधि सेना कमाण्डरले अग्रिम क्षेत्रहरूमा तैनाथ श्रमिकहरूसित बातचित गरे अनि उनीहरूको उच्च स्तरीय युद्ध तत्परता, अदम्य साहस एवं निरन्तर पेशागत प्रदर्शनको सराहना गरे। उनले सैनिकहरूलाई कठोर परिश्रम जारी राख्ने तथा तकनिकी प्रगतिलाई अप्नाउनको लागि प्रोत्साहित गरे ताकि उनीहरू उदियमान सुरक्षा चुनौतीहरूको सामना गर्नमा सक्षम तथा भविष्यको लागि तयार बल बनिरहुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande