राजभवनमाथि आरोप लगाएर टीएमसी सांसद नराम्ररी फसे
राजभवनमाथि आरोप लगाएर टीएमसी सांसद नराम्ररी फसे


-विवादित बयानहरूको कारणले जहिल्यै चर्चामा रहन्छन् कल्याण ब्यनर्जी

कोलकाता, 18 नोभेम्बर (हि.स.)। टीएमसी सांसद कल्याण ब्यनर्जी फेरि एकपटक विवादहरूको केन्द्रमा छन्। आफ्नो चर्को तथा विवादित बयानहरूको लागि चिनिने ब्यनर्जीले हालैमा पश्चिम बंगालका राज्यपाल सी.वी. आनन्द बोसमाथि आरोप लगाए, उनले कथित रूपमा भाजपा समर्थित अपराधीहरूलाई संरक्षण दिरहेका छन् साथै राजभवनबाट हतियार र बमहरू उपलब्ध गराइरहेका छन् ताकि टीएमसी कार्यकर्ताहरूमाथि हमला गर्न सकियोस्।

राजभवनबाट हतियारहरू आपूर्ति गरेको कल्याणको आरोपलाई खारेज गर्दै राज्यपालले कानूनी सल्लाह मागेका छन् अनि कोलकातास्थित राजभवनको औपचारिक खानतलासी गर्ने आदेश दिएका छन् जसमा बम निरोधक दल, स्निफर डग पनि सामेल रहोस्। राजभवनको पक्षबाट एफआईआर पनि दर्ता गरिएको खबर प्रकाशमा आइरहेको छ।

कल्याणले यस किसिमको बयान दिएको यो पहिलो घटना होइन। उनले प्रायजसो नै यस्ता कुराहरू गरिरहन्छन् जसले राज्यमा मात्र नभएर देशभरिबाटै चर्चा बटुल्छ। चाहे त्यो पूर्व उपराष्ट्रपति जगदीप धनखड़को मिमिक्री गरेर उपहास गरेको घटना होस् वा हिन्दू धर्मलाई लिएर विवादित टिप्पणी, विवादहरूसित उनको पुरानो नाता रहिआएको छ।

पार्टीभित्र होस् वा बाहिर, संसददेखि लिएर सडडकसम्मै उनको चर्को वक्तव्यले कैयौं पटक विवाद उत्पन्न गर्दै आएको छ जसमा पार्टी नेतृत्वले दखल दिनुपर्छ। गत अगस्त महिनामा पनि उनलाई लोकसभामा पार्टीका मुख्य सचेतकको पदबाट बर्खास्त गर्न परेको थियो। भनियो, संगठनात्मक मतभेद र केही सहकर्मीहरूसित विवाद भएपछि यस्तो कदम उठाउनु परेको थियो। उनले आफ्नै पार्टी सांसद महुआ मोइत्रालाई लिएर अश्लील टिप्पणी गरेका थिए।

नयाँ दिल्लीमा सांसद महुआ मोइत्रासित कल्याणको भनाबैरी पनि ठूलो विवादको कारण बनेको थियो। निर्वाचन आयोगको कार्यालयमा भएको विवादको भीडियो सोशल मीडियामा लीक भयो, त्यसपछि एक बन्द समूहको म्यासेजिंग च्याट पनि सार्वजनिक भयो जसबाट मामिला झन् अल्झियो। अन्ततः ममता ब्यनर्जीलाई हस्तक्षेप गरेर विवादमाथि सार्वजनिक टिप्पणी गर्नदेखि सबैलाई रोक्नु परेको थियो।

पार्टी सूत्र अनुसार ब्यनर्जीले धेरै वटा अवसरहरूमा ममता तथा अभिषेकलाई चेताउनी दिएका थिए। अभिषेक पहिला नै श्रीरामपुर लोकसभा सीटबाट उनलाई टिकट दिएकोप्रति अनुकूल नरहेको बताइएको थियो। ममताले त्यसबेला उनलाई साथ दिएकी थिइन्। तर अब बारम्बार हुने विवादको कारणले उनी पनि रूष्ट भएको बताइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande