आगरापाड़ा बन्द फ्ल्याटबाट वृद्धको सड़िसकेको शव भेटियो
आगरापाड़ा बन्द फ्ल्याटबाट वृद्धको सड़िसकेको शव भेटियो


उत्तर 24 परगना, 18 नोभेम्बर (हि. स.)। जिल्लाको अगरपाड़ा नर्थ स्टेशन रोड क्षेत्रमा गए सोमवार साँझ एउटा बन्द फ्ल्याटबाट एक जना वृद्ध व्यक्तिको सड़िसकेको शव भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान 65 वर्षीय प्रशान्त दत्ताको रूपमा भएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

प्रशान्त दत्ता विगत केही वर्षदेखिको पनीहाटी नगरपालिकाको वार्ड नम्बर-8 स्थित उक्त फ्ल्याटमा एक्लै बस्दै आएका थिए। उनका पत्नी र छोरी अन्यत्र बस्छन्। स्थानीय मानिसहरू अनुसार सोमवार अपरान्हदेखि नै फ्ल्याटबाट दुर्गन्ध आइरहेको थियो। फ्ल्याट पनि भित्रबाटै बन्द थियो। त्यसैले छिमेकीहरूलाई शंका लागेर पुलिसलाई सूचना दिए। त्यसपथि खड़दह थानाको पुलिसले घटनास्थलमा पुगेर फ्ल्याटको ढोका भत्काएर भित्र पस्यो जहाँ वृद्धको शव लड़िरहेको थियो। पुलिसले अनुमान व्यक्त गरेको छ, उनको मृत्यु बितेको दुई-तीन दिनअघि नै भइसकेको थियो।

प्रारम्भिक अनुमान अनुसार वृद्ध केही दिनदेखिको बिमार थिए। बिमारकै कारणले उनको प्राकृतिक मृत्यु भएको हुनसक्छ, तर पुलिसले सबै सम्भावनाहरूको जाँच गरिरहेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

स्थानीय सूत्र अनुसार वृद्धलाई केही दिनदेखिको बाहिर निक्लेको देखिएको थिएऩ। पुलिसले मृतकको परिवारलाई खबर दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande