
कोलकाता, 19 नोभेम्बर (हि.स.)। राज्य सरकारद्वारा संचालित स्कूलहरूमा प्राथमिक शिक्षकहरूको नयाँ भर्तीको लागि अनलाइन आवेदन प्रक्रिया बुधवारदेखि शुरू भयो। यो प्रक्रिया आठ वर्षपछि शुरू भएको हो। यो पहल यस्तो समयमा गरिएको छ जतिबेला लगभग 32 हजार प्राथमिक शिक्षकहरूको पूर्व नियुक्तिमा कथित अनियमिततालाई लिएर दर्ता याचिकामाथि कोलकाता उच्च अदालतको डिभीजन पीठले अन्तिम सुनवाई पूरा गरिसकेको छ अनि निर्णय कुनै पनि समय आउनसक्छ।
यस वर्ष गत सेप्टेम्बर महिनामा प्राथमिक शिक्षक भर्तीको अधिसूचना जारी गरिएको थियो। पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डले 13,421 रिक्ततालाई भर्नको लागि आवेदन प्रक्रिया शुरू गरेको छ। बुधवारदेखि टीईटी उतीर्ण उम्मेद्वारहरूले सरकारी अनुमोदित तथा सरकारी प्रायोजित प्राथमिक एवं जूनियर (बेसिक) स्कूलहरूमा सहायक शिक्षक पदको लागि अनलाइन आवेदन गर्न सक्नेछन्।
भर्ती प्रक्रिया शुरू हुनपूर्व राज्यका शिक्षामन्त्री ब्रत्य बसुले गए मंगलवार राती सोशल मीडिया मार्फत जानकारी दिए, टीईटी योग्य उम्मेद्वारहरूको लागि अनलाइन पोर्टल बुधवारदेखि खोलिनेछ। उनले भने, यो भर्ती अभियान मुख्यमन्त्रीको नेतृत्वमा प्राथमिक शिक्षालाई अझ सुदृढ़ बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।
शिक्षामन्त्रीले आफ्नो पोस्टमा लेखे, योग्य उम्मेद्वारले अबसहायक शिक्षक पदको लागि आवेदन गर्न सक्नेछन् र यो प्रक्रियाले राज्यमा प्राथमिक शिक्षाको धरातललाई अझ बलियो बनाउनेछ।
स्मरण गराइन्छ, प्राथमिक शिक्षक भर्ती वर्ष 2017-मा भएको थियो। लगभग आठ वर्षपछि बोर्डले नयाँ अधिसूचना जारी गरेको छ। लामो समयदेखि नोकरीको निम्ति इच्छुक उम्मेद्वारहरूले भर्तीको मागलाई लिएर सड़कहरूमा प्रदर्शऩ गर्दै आइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा