
नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार साहिबी नदीको किनारमा अवस्थित आवासीय क्षेत्रहरूको भ्रमण गरिन्। यस अवधि उनले स्थानीय मानिसहरूको समस्या सुनिन्। उनले अधिकारीहरूलाई जल-भराव, साफ-सफाई औ स्ट्रीट लाइट व्यवस्थालाई तत्काल सुधार्ने निर्देश दिइन्।
साहिबी नदीलाई दिल्लीमा मुख्य रूपमा नजफगढ़ ड्रेनको रूपमा चिनिन्छ। यो हरियाणादेखि दिल्लीमा प्रवेश गर्छ अनि दिल्लीको नजफगढ़ क्षेत्र हुँदै वजिराबाद नजिक यमुनासित मिसिन्छ।
मुख्यमन्त्रीले एक्समा पोस्ट गरिन्, नदीको पानी सड़कमा भरिनाले यहाँको सड़क बारम्बार खराब भइरहेको छ। उनले अधिकारीहरूलाई निर्देश दिइन्, सड़क किनारमा एउटा बलियो पर्खाल निर्माण गरियोस् ताकि पानी सड़कसम्म आउन नसकोस्।
मुख्यमन्त्रीले भनिन्, दिल्लीमा स्वच्छता र प्रदूषण नियन्त्रणको लागि हाम्रो सरकारले युद्धस्तरमा काम गरिरहेको छ। हरेक क्षेत्रको बुनियादी आवश्यकताहरूलाई ध्यानमा राख्दै विकास कार्य निरन्तर जारी छ। उनले भनिन्, विकसित दिल्ली, हरित दिल्ली नै हाम्रो संकल्प हो अनि यसै भिजनलाई लिएर विकसित दिल्ली निर्माण गर्न जुटेका छौं। यस अवधि मुख्यमन्त्रीसित भाजपा सासंद प्रवीण खण्डेलवाल र विधायक करनैल सिंह पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा