धारिलो हतियारले युवकको हत्या
धारिलो हतियारले युवकको हत्या


बलिया, 19 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बलिया जिल्लामा मनियर थाना क्षेत्रको बड़सरी जागीर लोहटा भागीपुर निकट नहर मार्गमा बुधवार बिहान एक युवकको शव भेटिएपछि खैलाबैला मच्चियो। सूचना पाउनसाथ स्थानीय पुलिसको साथ एएसपी दिनेश कुमार शुक्ल तथा क्षेत्राधिकारी घटनास्थलमा पुगे। फोरेन्सिक टीमले पनि घटनास्थलमा साक्ष्य एकत्र गऱ्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ।

एएसपी दिनेश कुमार शुक्लाले बताए, मृतक चन्दन उर्फ बाबू सिंह (34) मंगलवार राति लगभग 8 बजी बाइक लिएर निस्केको थियो। आज बिहान चन्दनको शव नहर मार्ग स्थित समाधि स्थ सामू भेटिएको छ। सूचना पाएपछि घटनास्थलमा पुगेका सन्तोष उफ सरलले मृतकको पहिचान आफ्नो भाईको रूपमा गरेका छन्। चन्दनको हत्या धारिलो हतियारले गरिएको छ। मृतक चन्दन सिंह विरूद्ध पहिलेदेखि आधा दर्जन मामिला दर्ता थियो। परिजनहरूको शिकायतको आधारमा सम्बन्धित धाराहरूमा मामिला दर्ता गरिएको छ। आरोपीहरूलाई समाउन तीन टीम गठन गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande