
चण्डीगढ़, २० नोभेम्बर (हि.स.)। पंजाब पुलिसले फिरोजपुरमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का कार्यकर्ता नवीन अरोड़ाको हत्या अभियोगमा संलग्न एक आरोपीलाई भिडन्तपछि बिहिबार पक्राउ गरेको छ। यस मामिलामा अहिलेसम्म तीन जनालाई पक्राउ गरिएको छ।
फिरोजपुर पुलिसले बुधबार दुई आरोपीहरूलाई पक्राउ गरेको थियो।१५ नोभेम्बरको राति अज्ञात युवाहरूले फिरोजपुरका आरएसएस कार्यकर्ता नवीन अरोड़ाको गोली हानी हत्या गरेका थिए। फिरोजपुरका एसएसपी भूपेन्द्र सिंहका अनुसार, बुधबार राति नाका बन्दीका क्रममा पुलिसले जतिन कालीलाई घेरा हाल्दा उसले मोटरसाइकल लिएर भाग्ने प्रयास गर्यो र पुलिसमाथि गोली चलाए। गोली गाडीको अगाडिको सिसामा लागेको थियो। त्यसपछि पुलिसले उसको खुट्टामा गोली हानेर उसलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अस्पताल भर्ना गराएको हो।
एसएसपीले जानकारी दिए अनुसार, जतिन कालीनै नवीनको हत्या योजनाको मुख्य सूत्रधार हुन्। उसले आक्रमणकारहरूलाई एक लाख रुपियाँ दिएका थिए। हत्यामा प्रयोग भएको ३२ बोरको पेस्तोल तथा मोटरसाइकल पनि बरामद गरिएको छ। यो मामिलामा अहिलेसम्म कनव, हर्ष र जतिन काली गरी तीन जना पक्राउ परेका छन्।
पुलिसका अनुसार, जतिनसँगको सोधपुछपछि मात्र थाहा हुनेछ कि उसको नवीनसँग के दुश्मनी थियो र किन उसले हत्या गराए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी