
श्रीनगर, 20 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरको अनन्तनाग जिल्लामा अधिकारीहरूले बिहीवार एक सरकारी मेडिकल कलेज एवं अस्पतालमा डाक्टर अनि मेडिकल स्टाफहरूका लकरहरूको जाँच गऱ्यो।
अधिकारीहरूले बताए, यो हालैमा दिल्लीमा भएको बम विस्फोट तथा व्हाइट कलर टेरर मोड्युलमा हतियार अनि गोला-बारूद जफत गरिेपछि सुरक्षालाई बढ़ाउने उपायहरू अन्तर्गत गरिएको हो साथै पारदर्शिता, जवाफदेही तथा हस्पिटलको इनफ्रास्ट्रक्चरको सही प्रयोगलाई पक्का बनाउनको लागि पनि गरिएको हो।
अधिकारीहरूले बताए, यो कारबाही सरकारी मेडिकल कलेज अनन्तनागमा गरिएको हो जहाँ यसै महिनाको शुरूमा डा. अदिल राखरको लकरबाट ेउटा एके-47 राइफल जफत गरिएको थियो।
डाक्टरलाई पक्राउ गरिएपछि व्हाइट कलर टेरर मोड्युलको भण्डाफोर भयो जसमा केही डाक्टरहरू सामेल थिए भने लगभग 2900 किलोग्राम विस्फोटक सामग्री जफत गरियो।
उनीहरूले अझ भने, अनन्तनाग पुलिसले हस्पिटल एडमिनिस्ट्रेशनसित मिलेर हस्पिटलका लकरहरूको पूर्ण जाँच गऱ्यो। जाँच अवधि बेवारिसे लकरहरूको पहिचान गरियो अनि हस्पिटल अधिकारीहरूलाई कुनै पनि प्रकारको गलत प्रयोगलाई रोक्नको लागि रेकर्ड अपडेट गर्ने निर्देश दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा